कला/मनोरञ्जन

साम्राज्ञीसग रोमान्स गर्दैँ प्रदिप खड्का

काठमाडौँ -चलचित्र प्रेम गीत खेलेर चर्चामा आएका प्रदिप खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अब पहिलो पटक पर्दामा देखिने भएका छन् । निर्माता सुवास गिरीले बनाउने फिल्म भैरवीमा साम्राज्ञी र प्रदिपले १ महिना अगाडि नै चलचित्रमा काम गर्ने संझौता गरिसकेको बताइएको छ । फिल्मलाई दिनेश राउतले निर्देशन गर्ने छन् ।

विं।सं २०७५ सालको भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज गर्ने तयारी गरिएको छ । चलचित्रलाई ठूलो क्यानभासमा खिचिने बताइएको छ ।ठूलो बजेटमा
बन्न लागेको यस फिल्ममा काम गर्न साम्राज्ञी र प्रदिप उत्साहित भएको बताइन्छ ।

प्रतिकृया दिनुहोस