प्रवास

पोर्चुगलमा मौलिक नेपाली नृत्यको प्रस्तुति

पोर्चुगल । पछिल्ला बर्षहरुमा दक्षिण यूरोपेली मुलुक पोर्चुगलमा नेपालीहरुको संख्या बढेसँगै विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम पनि बढन थालेको छ ।

यसै सिलसिलामा उदेमेइरा म्यूनिसिपालले आयोजना गरेको अन्तर्राष्ट्रिय सास्कृतिक कार्यक्रममा नेपाली कलाकारहरुले आफ्नो कला प्रस्तुत गरे ।

कलाकार फुर्वा शेर्पा, नरेन्द्र राई, सन्तोष गुरुङ लगायतका कलाकारहरुले नेपाली नृत्य प्रस्तुत गरे ।

ब्राजिल, पोर्चुगल, बुल्गेरिया, यूक्रेन, रोमानिया लगायत का कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतिकृया दिनुहोस