साहित्य

गजल

 

 

 

 

 

 

 

 

 

 

 

 

 

बिमला कार्की 

 

टुटाएर सम्बन्ध छाेडिजाने निष्ठुरी नै खास किन लाग्छ 
मरिसके चाह तर अाज फेरि उनी अाउने अाश किन लाग्छ

उन्कै लागि पटक पटक पहिल्यै मरसकेकि छु म
कल्पनाको सहरमा जहाज चढ्ने प्यास किन लाग्छ

उनि हिड्ने गाेरेटाेमा लड्खडाउँदा यी पाइला हरु
उन्कै साथ र स्पर्शकाे जहिल्यै अाभाष किन लाग्छ

मुटुभरि याद छ र त जिउँदोछु म अाज सम्म
र पनि कुसुलेकाे पुतलि झैँ जिन्दगी लास किन लाग्छ

जन्मेपछि मर्नुपर्ने प्रकृतिको सत्य नियम हाे
एक्लाेपनले विचलित हुन्छु भन्ने सधैं त्रास किन लाग्छ


धरान-१७
सुनसरी

 

प्रतिकृया दिनुहोस