साहित्य

तिहारको उपहार

 

 

 

 

 

उस्ताद सुदर्शन राजोपाध्याय्

यत्रतत्र फैलिएको छ
यो पालीको तिहार ब्यापार
दृष्यगत गर्न सकिन्छ
सबै सडकतिर हतार हतार
अहो ! तिहारले गर्दा
फर्किन पाएनन् कतार ।

आम्मै ! धेरै रहेछन् यहाँ बेरोजगार
सडकको धुलो धुवाँले आउँछ कालो खकार
नेता र कार्यकर्ता गुडाउँछन चिप्लो कार
को समाबेश हो राम्रो चलेको छ केबलकार ।।

धन जोडेका रहेछन् दलहरुले मारामार
दिन दाहाडै हुन थाल्यो यहाँ अब काटमार
कहाँको स्रोत हो पिउने पानिको बेचबिखन जार
जहाँ पानिको समस्या छन् सबैलाई अपार ।

पानीको ब्यापार बढेको छ अत्याचार
समस्या समाधान गर्दैनन् ती कुलांगार
बोल्ने अधिकार निशेध छ बोलिको प्रहार
साँच्चै दिनुपर्ने भाको छ अब ठूलो झटार ।।

घिनलाग्दो छ सुरक्षा सेवकहरुको ब्यबहार
कस्ले निर्मूल गर्ने हो
भ्रष्टाचारको संस्कार
को छ त सक्षम गर्न प्रतिकार
शब्द हराउन थाल्यो यो तिरस्कार ।

सँचार माध्यम लाटो छ
बोल्न शब्दको तीखो धार
इतिहासको पाना पल्टाउन खोज्नु पर्यो
के छ आधार ।।

प्रतिकृया दिनुहोस