साहित्य

म को हो ?

देवी काफ्ले

मलाई नसोध स्कुल के हो ?
मलाई नसोध पढाई के हो ?
मलाई नसोध बालअधिकार के हो ?
मलाई नसोध मेरो अधिकार के हो ? 
मलाई नसोध मेरो जात के हो ? 
मलाई नसोध मेरो धर्म के हो ?
मलाई नसोध मेरो भाषा के हो ?

म हिमाली हो की ?
म पहाडी हो की ? 
म मधेसी हो की ?
उत्तर दिनु न मलाई !!!

 

 

म जस्तै साथीले किताबको झोला बोक्दा 
मैले भारी बोक्नु पर्ने
म जस्तै साथीले नया लुगा लगाउदा
मैले झुत्रे लाउनु पर्ने !

उसले मासु र भात कपाकप खादा 
मैले घुटुघुटु थुक निलेर पेट भर्नु पर्ने
मलाई भन्नु न म को हो?
के म पराई हो ? 
मलाई भन्नु म को हो?

प्रतिकृया दिनुहोस