सम्पादकीय

बढ्दो सवारी दुर्घटना

देशमा पछिल्लो केहि दिनयता सवारी दुर्घटनाका खवर बढिरहेका छन । करिव ५० को संख्यामा नेपाली नागरिकले छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन चार दिनको अवधिमा ज्यान गुमाउनु परेको छ । एकातिर चुनावको उल्लास छाहिरेका बेला भएको सवारी दुर्घटना र मानविय क्षतिका कारण मुलुक स्तव्ध बन्न पुगेको छ । सापेक्षतामा पहिला भन्दा पछिल्लो समय सवारी दुर्घटनामा सरकारले गरेको मापसे चेकिङले धेरै हदसम्म न्यूनिकरण भएको थियो । तर पछिल्ला केहि दिन यता भएका भयानक प्रकृतिका दुर्घटनाका कारण नेपालको सडकको अवस्था र सवारी मापदण्ड अनि फेरी एकचोटि दुर्घटनाको जोखिम, कारण र निदानका विषयमा एकचोटि गम्भीर समिक्षा गर्नु अपरिहार्य देखिएको छ । यसका नीतिगत दोष या व्यवहारिक कार्यान्यनका कमजोरी केलाउदै दुर्घटना न्यूनिकरण गर्नका लागि सवै जिम्मेवार बन्नुपर्ने टड्कारो बनेको छ । कसैको लापरवाही चाहे त्यो राज्य होस , सवारी धनी या सवारी चालक,कुनै निर्दोष नागरिकको ज्यान जानु हुदैन । तिरन्तरका यी दुर्घटनाले नीति निर्माणदेखि कार्यान्वयन हुदै सवारी धनी, चालक र यात्रुसमेतले व्यवहारीक रुपमै सवारी र सडक सभ्यतामा गम्भीर बन्नु पर्ने देखिएको छ ।

कच्ची सडकमा क्षमता भन्दा धेरै यात्रु लिएर नेपाल सवारी साधान गुडने कुरा नौलो हुन छाडेको छ । महादेवका तीन नेत्र भनेझै व्यवसायीलाई पैसा भएपछि पुग्ने । सरकारी अधिकारी विशेषत सडक सवारीको अनुगमन गर्न वसेकालाई थोेरै धेरै घुष खान पाए पुग्ने । अनि सडक विभाग देखि सडकको ठेक्कापटा गर्ने ठेकेदारलाई कसरी हुन्छ निर्धारित बजेटमा सडक निर्माण गरेको फर्जी काम देखाएर कमाउने । सडक बनाएको , मर्मत गरेको दुई महिलना हप्ता महिना वित्न पाउदा नपाउदै सडक जस्ताको तस्तै बन्ने । सरकारी अधिरकारी कमिशनको लोभमा ठेकेदारसग सेटिङ गरि सम्बन्धित निकायवाट बजेट निकासा गराउने तर गुणस्तर नपुर्याउने । उता चालक सवारी हाक्न योग्य होस नहोस सेटिङ गरि पैसा खाएर सवारी अनुमति पत्र बाडने सरकारी सवारी विभाग पनि यसमा जिम्मेवार छ । विचौलियाकाले बुझाएको पैसामा सवारी अनुमतिपत्र बाडने त्यस विभागका कर्मचारी पनि यसका जिम्मेवार छन् ।कुन सडकमा कस्ता सवारी चल्ने भन्ने मापदण्ड हुन नसक्दा यसले गम्भीर परिणाम निम्तयाइरहेको छ । कुन सवारी साधान , कुन स्तरको सडकमा कति जनासम्म यात्रु हाल्न पाइने भन्ने कडा मापदण्ड अनि सवारी चालकको मर्यादासम्बन्धी कडा नियमा नबनाउने हो भने सवारी चालकमा जहिले पनि अराजकता ररिरहन्छ । 

प्रतिकृया दिनुहोस