विविध

रोटरीले मनायो विश्व पोलियो दिवस

काठमाडौं । रोटरी डिस्ट्रिक्ट ३२९२ को आयोजनामा मंगलवार राजधानीमा विश्व पोलियो दिवस मनाइएको छ । रोटरी डिस्ट्रिक्टको संयोजन र राजधानीमा रहेका रोटरी क्लवको सहभागितामा दिवस मनाइएको हो । आइ वान्ट टु इन्ड पोलियो नारा अंकित टिर्सट लगाएर रोटरी डिस्ट्रिक्टको केन्द्रिय कार्यालय थापाथलीवाट निस्केको र्याली माइतीघर, बानेश्वर, शंखमुल हुदै जावलाखेल आएर समापन भएको थियो । रयालीमा पूर्व डिस्ट्रिक्ट गर्भनरहरु रत्नमान शाक्य, तिर्थमान शाक्य, योगेन्द्रमान प्रधान र जया शाह लगायत विभिन्न रोटरी क्लवका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस