प्रवास

मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना : ८ को मृत्यु , ३३ कामदार गम्भिर

काठमाडौँ ।  नेपाली कामदार बोकेको बस मलेसियाको पेनाङ शहरमा एकाबिहानै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । न्यू स्ट्रेट टाइम्सका अनुसार बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भिर घाइते भएका छन् ।

मंगलबार बिहानै बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेसियन कामदार परेको भए पनि अहिलेसम्म मृतकका बारेमा केही खुलाएको छैन । मृतक सवै महिलाहरू रहेको र मृत्यु हुनेहरुको नाम तथा उनीहरुको देशबा बारृेमा पैहरीले केही खुलाएको छैन् ।

प्रतिकृया दिनुहोस