अन्तर्वार्ता

क्रान्तिप्रतिको गद्दारीलाई इतिहासले माफ गर्ने छैन

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

शिला सिंह,समर्थक,रिभोलुसनरी कम्युनिष्ट मेनिफेस्टो गु्रप ,यूरोप
नेपालमा अहिले वाम एकताको अभियान प्रारम्भ भएको छ , आरसीएमजी यसमा कुनै प्रतिक्रिया राख्छ या राख्दैन ?
म व्यक्तिगत हिसावमा तत्कालिन माओवादी पार्टीमा आवद्व भई काम गरेको हुनाले प्रतिक्रिया दिएकी हुं। आरसीएमजीले नै कुनै प्रतिक्रिया दिनुपर्ने देख्दिन । हालको बाम एकताको प्रक्रिया कुनै नौलो होइन । यो गैरमाक्र्सवादी प्रक्रियाको पछिल्लो रुप मात्र हो । माक्र्सवादी सिद्वान्त भनेको संघर्षको राजनीति हो । सम्झौताको होइन । एकको दुईमा विभाजन हुन्छ । दुईको एकमा समायोजन हुनु गैर माक्र्सवादी प्रक्रिया हो । यो सारसंग्रहवादी एकता हो । यो पार्टीको हकमा मात्र लागु नभएर दुई लाइन संर्घषमा लागु हुन्छ । तत्कालिन माओवादी पार्टीमा दुई लाइन संघर्ष चुनवाङ वैठकमा आइ पुगेर सम्झौतामा व्यवस्थापन गरियो त्यहिवाट सारसंग्रहवादी एकता भयो । पार्टी ठूलो त रहयो तर सैद्वान्तिक हिसावले चुक्यो । आज नतिजा हामी सामु छ । तत्पश्चात हिजो माओवादी र एकता केन्द्रको एकता हुनु पनि गैरमाक्र्सवादी प्रक्रिया थियो । किनकि त्यो पनि दुई भिन्न लाईनलाई सम्झौताको आधारमा समायोजन गरिएको थियो र परिणाम हामी सामु छ । र अहिलेको वाम एकता पनि त्यही कडीको पछिल्लो पटाक्षेप मात्र हो र यसको परिणाम के आउंछ भनेर विगतको इतिहासवाट आकंलन गर्न सकिन्छ ।
तपाईहरु यो एकतालाई सारसंग्रहवादी ,आत्मसमर्पणवादी रुझान भन्नुहुन्छ , युरोपमा वसेर टिप्पणी गरेर हुन्छ ? नेपालको वस्तुगत अवस्था हेर्नुपर्देन ?
सारसंग्रवादी, आत्मसमर्पणवादी म यूरोपमा वसेर मात्र भनेकी होइन । यदि म अफ्रिकामा , अमेरिका,एसिया वा विश्वको जुनसुकै ठाउंमा उपस्थित हुन्थे भने म त्यही भन्थे । सर्वप्रथम हामीले यो बुझ्नुपर्छ कि कम्युनिष्टको कुनै राष्ट्र ,धर्म र जात हुदैन । उनीहरु अन्तराष्ट्रियवादी हुन्छन् । उनीहरुमा मुख्यत सैद्वान्तिक वैचारिक लाईनको सम्बन्ध रहन्छ । यसको ज्वलन्त उदाहरण कमरेड प्रचण्डलाई लिन सक्छौं । जनयुद्व भइरहदा उहाँ नेपालमा नभई भारतमा हुनुहुन्थ्यो । तर जवसम्म लाईन सहि थियो त्यसैले कुनै फरक परेको थिएन । तर आज उहाँ नेपालमा नै रहेर पनि लाईन गलत अंगाल्नु भएको छ, त्यसले के देखाउछ भने को कहांवाट भन्दा पनि लाईनमा भर पर्ने कुरा हो । लेनिनलाई हेर्नुहोस, रसियामा क्रान्ति गर्न वहां रसियामै बसिराख्नु परेन । आफ्नो लाइन स्विट्च्रल्याण्डवाट पनि अघि बढाई राख्नुभयो । नोरमान वेथुनको जीवनी हेर्नुस वहां क्यानडाको कम्युनिष्ट भएर चाइनिज क्रान्तिमा योद्वाहरुको चिक्त्सिासेवा प्रदान गरेर आफ्नो ज्यान गुमाउनु भएको इतिहास हामीसंग छ । यस्तो प्रश्न उठाउनु नै असान्दर्भिक ठान्छु । अहिलेको समय भनको एउटा मजवुत क्रान्तिकारी धार निर्माण गर्नु हो । करौडौंको संख्यामा वार्षिक एक राष्ट्रवाट अर्को राष्ट्रमा माइग्रेट भइरहेको छ भने को कहां भन्दा पनि लाईन के भन्ने प्रश्न प्रमुख सवाल हो । कुनै वैचारिक बहस गर्न खोज्यो भने यो सवाल तेर्साएर पन्छिन खोज्नु भनेको डेमोगोजी र गैरसाम्यवादी धारणा भन्दा अरु केहि होइन ।
आरसीएमजी अझैपनि हिंसात्मक विद्रोह गर्नुपर्छ भन्ने दृष्टिकोण राख्छ कि शान्तीपूर्ण क्रान्तिको पक्षमा छ ?
सर्वप्रथम आरसीएमजी के हो भनेर बुझ्नु भएमा यो प्रश्नको उत्तर सजिलोसंग बुझ्नु होला भन्ने मलाई लाग्छ । सन १९८४ मा माओ विचारधारा वा माओवाद गाईडिङ प्रिन्सिपल अर्थात मार्कदर्शक सिद्दान्त मान्ने भन्ने भिषण संघर्षपश्चात माओवादी गाईडिङ प्रिन्सिपल भन्ने पार्टीहरुले आफ्नो छाता संगठन रिम स्थापना गरे । र रिममा पनि निरन्तर दुई लाईन संघर्ष चलिरहयो र हाल माओवाद पनि दुईमा विभाजित भयो । रिम निस्कृय भयो । र अन्तत विघटन भयो । अवको संघर्ष भनेको अन्तराष्ट्रिय जगतमा प्रो न्यू सेन्थेसिस र एन्टी न्यू सेन्थेसिस विचको हो । आरसीपी यूएसएका अध्यक्ष बब अभाकीयनले ४० वर्षको आइसिएम अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन र मानव विज्ञानको विभिन्न स्रोतवाट अध्ययन एवं सोधवाट प्रतिपादन गर्नुभएको संष्लेशण एमएलएम अर्थात माक्र्सवाद, लेनिनवाद माओवादको अझ विकसित रुपमा न्यू सेन्थेसिस यानकी नयाँ संश्लेषण प्रतिपादन गर्नुभयो । आरसीएमजी भनेको त्यो गु्रप हो जसले न्यू सेन्थेसिसलाई विश्वभर प्रचार गर्ने प्रयत्न गर्छ । यहि न्यूँ सेन्थेसिसको बारेमा सेमिनार, छलफल, बहस र व्यवहारिक रुपमा प्रत्यक्ष विभिन्न मुभमेन्ट संचालन गर्दै आएको छ । हाललाई हामी क्रान्तिकारी वहस र रिभुलुसनरी क्राइसिस छिटो भन्दा छिटो कसरी ल्याउने र यो क्राइसिस आएको खण्डमा हार नखाने गरि क्रान्ति हांक्न सक्ने क्रान्तिकारी नेतृत्वको निर्माणमा लागेका छौं । अव प्रश्न रहयो हिंसात्मक या शान्तिपूर्ण । क्रान्तिकारीले हिंसात्मक कहिले पनि चाहदैन । आज भइरहेको अनाहक हिंसा जस्तै भोक, रोग, शोेक,वातावरणीय क्राइसिस युद्वका कारण अन्तय गर्न चाहन्छ । तर यसो भनिरहदा के पूँजिवाद साम्राज्यवादले हामीले चलाएको व्यवस्थाले पृथ्वी र मानवताकै विनास भइरहेको छ , ल तपाईहरु समाजवादी व्यवस्था स्थापित गर्नुस भन्छ जस्तो लाग्छ ? हामी कम्युनिष्ट हौ र माक्र्सवादको आधारभुत सिद्वान्त लागु गर्ने हो भने अन्तत बल प्रयोगद्वारा नै क्रान्ति सम्पन्न हुन्छ र इतिहासले हामीलाई त्यहि देखाएको छ ।
हिंसात्मक विद्रोह पनि नगर्ने, शान्तिपूर्ण रुपमा सरकारलाई उपयोग गरेर गरिने रुपान्तरणसंग पनि असहमत हुने , तपाईहरुको कस्तो दृष्टिकोण हो यो ? विरोधभाषपूर्ण भएन र ?
सर्वप्रथम हामी क्रान्तिकारी क्रान्ती चाहान्छौं । क्रान्ति भनेको पुरानो व्यवस्थालाई ध्वस्त बनाएर नितान्त नयां विचारको आधारमा नयां व्यवस्था निर्माण हो । नितान्त भिन्न खालको व्यवस्था ल्याउनु हो । सम्पूर्ण चार यानकी हरेक खालको विभेदको उन्मूलन,जुन आर्थिक सम्बन्धमा अडेको हुन्छ । जस प्रकारको सामाजिक सम्बन्ध रहन्छ त्यस अनुसारको चेतना हुन्छ । यो सम्पन्न गर्नलाई बनिवनाउ व्यवस्थामा सुधार ल्याएर गर्छु भन्न गलत धारणा हो । यसलाई इतिहासले पटक पटक पुष्टि गरिसकेको छ । लेनिनले भन्नु भए झै राज्यसत्ता वाहेक अरु सवै भ्रम हो । राज्यसत्ता प्राप्त गर्न रयाडिकल क्रान्ती हुनु अनिवार्य छ । र त्यो निर्मम,कठिन अवश्य छ तर सम्भव छ । त्यसका लागि त्यसको सिद्वान्त र विधि बुझ्न अत्यन्तै जरुरी छ । सिद्वान्त र विधि दह्रोसंग नबुझेर व्यहारिक ढंगवाट क्रान्ती गर्छु भन्नु नितान्त मनोगत धारणामात्र हो । र त्यो सम्भव हुदैन । लेनिनले क्रान्ति सम्पन्न गर्न माक्र्सले प्रतिपादन गर्नुभएको सिद्वान्त आत्मसाथ गर्नुभयो, माओले सांस्कृतिक क्रान्ती मार्फत लेनिनवादलाई विकास गर्नुभयो । बाद भन्नु सार्वभौम विज्ञान हो र त्यो गतिशिल रहन्छ । र त्यसको गतिलाई बुझ्न वैज्ञानिक ढंगले हिजो के थियो इतिहास, आज के भइरहेको छ संघर्ष र भोली यसलाई कसरी विकास गर्न सक्छौं भन्ने अध्ययन हुन विशेष गरेर नेृतत्व तहमा अत्यन्तै जरुरी छ । सिद्वान्तमा राम्रो दखल नभइकन चाहे त्यो हिंसात्मक होस या शान्तपूर्ण त्यसले कुनै अर्थ राख्दैन ।
नेपालमा माओवादी केन्द्र, एमाले बाहेक अरु वामपन्थी जस्तै मोहन वैद्यको दल, नेत्रविक्रम चन्दको कम्युनिष्ट पार्टी छन, उनीहरुले गरिरहेको अभियान चाहि ठिक छ त ?
नेपालमा माओदी केन्द्र र एमाले बाहेक मोहन वैद्य समूह, नेत्रविक्रम चन्द समुहले गर्नुभएको अभियान प्राविधिक रुपमा फरक देखिएपनि सैद्वान्तिक दृष्टिकोणले अहिलेसम्म तात्विक फरक देखिदैन । तर नेपालमा क्रान्तिकारी माझ ठूलो भ्रम छ । उहांहरुको विभाजन सैद्वान्तिक तवरवाट भएको छ भनेर । यो विल्कुल गलत विश्लेषण हो । हुेर्नुस तत्कालिन माओवादी पार्टीले शान्ति प्रक्रियामा राज्यको पुर्नसंरचना भनेर आउदा उहांहरु त्यही पार्टीमा भएरपनि पनि स्विकार्नु गलत हो । उहांहरुले पार्टीमा संघर्ष गर्नुभएको थियो तर नितान्त प्राविधिक कुरामा । उदाहरणको लागि माओवादी क्यान्टोन्मेन्टको चाँवी फिर्ता दिने सवाललाई हेरौं । यदि उहांहरुलाई सूचना दिएर गरेका भए सेना समायोजन सम्मानजनक हुन्थ्यो भन्ने वहांहरुलाई लाग्यो । वहांहरुलाई खवर नगरि दिदा अपमानजनक भयो भन्ने तर्क देखियो विभाजनमा जानेहरुको पनि । यदि उहांहरु सच्चा क्रान्तिकारी हुनुहुन्थ्यो भने, दुई लाइन संघर्षमा विश्वास गर्नुहुन्थ्यो भने वहांहरु क्यान्टोन्मेन्टको सांचो दिने सवालमा नै फरक मत राख्नुपथ्र्यो । प्रश्न सांचो कसरी कसलाई सोधेर राज्यलाई बुझाउने भन्दा पनि बझुाउनै नै गलत हो भन्ने निष्कर्षमा पु पुग्न सक्नुपथ्र्यो । यस मामिलामा उहांहरु चुक्नुभयो फलत आजको दिनमा उहांहरुलाई पनि नेपाली जनयुद्वको विरासतको असली हकदार ठान्ने अधिकार छैन । जनताका विचवाट निर्माण भएको जनसेना र बुर्जुवा शैलीवाट भएको नेपाली सेनालाई समायोजन गर्ने नीतिमा उहांहरु प्रतिवाद गर्नुभएन । यस्ता यावत कुराहरु छन् । यी कुराहरुले नै उहांहरुको संघर्ष पनि प्राविधिक थियो भन्ने पुष्टि हुन्छ । अर्को कुरा हाल विप्लव कमरेडले हामी फेरि युद्व गर्छौ भन्नु माओवादलाई जनयुद्वमा सिमित गर्नु हो । जुन अत्यन्तै गलत र घातक तर्क हो । वहांहरुले हिजो भएको कमि कमजोरीको गहिरो समिक्षा नगरि हामीले विगतमा कहा गल्ती गर्यौ , त्यो गल्तीको मनन नगरि हाललाई फरक देखाउन जे गर्नुभएपनि अन्तत फेरि त्यही गल्ती दोहोरिन सक्छ ।
सिद्विनुभन्दा त चुनावी एकता, पार्टी एकतालाई कार्यनीतिको रुपमा लिएर एककाइसौ शताब्दीको जनवादमा जाने रणनीतिक चालबाजी पनि त हुन सक्छ नि प्रचण्डको वामएकता तुरुप ?
अत्यन्तै सान्र्दभिक प्रश्न गुर्नभो । कार्यनीतिमा एकता र रणनीतिमा प्रचण्डपथको स्थापना यसलाई नकार्ने पक्षमा म छैन । तर यहां बुझ्नुपर्ने कुरा के हो भने टर्मीननोलोजीमा प्रचण्डपथ भन्नुस अथवा जनताको बहुदलिय जनवाद भन्नुुस सारमा दुईटै गैर क्रान्तिकारी संशोधनवादी विचार हुन् । यी दुवै दस्तावेजले सर्वाहारा वर्गको अधिनायकत्वलाई अस्विकार गरेका छन् । यो एकताले सायद वहांहरु बुर्जुवा राजनीतिको अस्तित्वमा नसकिनुहोला तर वहारुले क्रान्तिप्रति गरेको गद्दारीलाई इतिहासले माफ गर्ने छैन । कुनै पनि व्यहावरमा गर्ने कार्यका पछाडि विचार हुन्छ । र तत्कालिन माओवादीलाई डेभिएसनमा लान मुख्य भूमिका खेल्ने विचार दस्तावेज २१ औ शताब्दिमा जनवादको विकास या प्रचण्डपथ पनि एक हो । प्रचण्डपथ नितान्त प्रचण्डको मात्र विचार नभएर समग्र तत्कालिन पार्टीको हो भन्ने बुझछु म र त्यसको स्वामित्व तत्कालिन माओवादी नेतृत्वले लिएर कठोर समिक्षा गर्नु जरुरी छ ।
आरसी एमजीले नेपालको कम्युनिष्ट आन्दोलनलाई कसरी नियालिरहेको छ त ?
नेपालको कम्युनिष्ट आन्दोलनमा अन्गिन्ती धार र समुह पार्टी देखा परे । कुनै अत्यन्तै यान्त्रिक,जडसुत्रवादी रहे भने कुनै माक्र्सवादको सिर्जनशीलताको नाममा दक्षिणपन्थी देखिए । हामीले बुझेको कुरा दुवै धार अन्तत एक सिक्काका दुई पाटा हुन । दुवै धार गैर क्रान्तिकारी संशोधनवादी हुन् । तर एउटा कालखण्डमा आएर माओविचारधारा वा माओवाद पार्टीको पथपर्दशक सिद्दान्त भन्ने भिषण संघर्ष पश्चात माओवाद पथप्रदर्शक स्थापना गर्ने पार्टीले नेपाललाई मात्र नभएर विश्व कम्युनिष्ट आन्दोलनमा योग्दान पुर्यायो । पेरुको कम्युनिष्ट पार्टीले खाएको धक्काले विश्वभरि निरासा ल्याएको थियो भने तत्काल नेकपा माओवादीले नयां उर्जाका साथ नेपालमा जनयुद्दको थालनी गरेर विश्व कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ आशाको केन्द्रविन्दु बन्न सफल भयो । यो इतिहासमा दर्ज भएको यथार्थ हो । यसमा युद्वमात्र नभएर आधार इलाका निर्माण्को प्रक्रिया चल्यो । नितान्त भिन्न व्यवस्थाको प्रक्रिया थालनी भयो । जसको आर्थिक नीति , सामाजिक सम्बन्ध अनि हरेक विभेदको उन्मुल्न गर्ने विचार यी आधार इलाकामार्फत विस्तारित भइरहेको थियो । यी आधार इलाकाहरु नै नयां राज्यसत्ताको भू्रण थिए । तर विडम्बनाका साथ तितो सत्य भन्नुपर्दा प्रचण्ड पथको अवधारणाको स्थापनाका साथ क्रमिक विचलन बढदै गयो । र अन्तत संशोधनवादमा फस्न पुग्यो । त्यो विचलन व्यक्ति व्यक्तिविचको इच्छाले भन्दा पनि गलत सिद्वान्त अपनाउनुको परिणाम हो । आज एउटा नेतृत्वले अर्को नेतृत्वलाई दोष लगाएर आफु उम्कने कोशिस गर्नुहुन्छ यो अत्यन्तै गलत प्रणाली हो । यसले सहि दिशामा पुर्याउदैन । यसमा फेरी पनि विगतको समिक्षा गरेर यसको जिम्मेवारी लिनुपर्छ । कोहि निरपेक्ष हुदैन । दुई विपरितको एकत्व हुन्छ । माक्र्स, लेनिन ,स्टालीन माओ महान दूरदर्शी दिग्गज नेता हुन । उहांहरु समाजवादका गुरु पनि हुन् । त्यति भएरपनि उहांहरुवाट पनि केहि गल्ती नै भएन भन्ने होइन । उहांहरुले मानव इतिहासमा गर्नुभएको योग्दानको कदर गर्दै केहि भएको कमिकमजोरीलाई परित्याग गर्नु नै बब अभाईकिएनको नयां संश्लेषण हो । र यदि हामी क्रान्तिकारी हौं र क्रान्ती चाहान्छौ भने नयाँ संश्लेषणमा वहस गर्न अत्यन्तै जरुरी ठान्छौं । क्रान्ती भनेको विज्ञान हो । विज्ञान भनेको सत्य हो । र यसको नजिक पुग्न व्यवहार मात्र नभएर सिद्वान्तको जरुरत हुन्छ । र कुन सिद्वान्त भन्ने निर्धारण गर्न क्रान्तिकारीहरु वहस गर्न हिच्किचाउनु अर्थात डराउनु हुदैन ।

 

प्रतिकृया दिनुहोस