देश

नेपाली सिमा बचाउन भारत बिरुद्ध लडेका देवनारायण यादव एमाले प्रवेश

काठमाडौं । गत वर्ष सप्तरीमा भारतले नेपाली सिमाना मिच्न खोज्दै गरेको ज्यादतीका बिरुद्ध जायनको बाजी लगाएर लडेका समाजिक अभियन्ता देवनारायण यादव एमालेमा प्रवेश गरेका छन् ।

एमाले प्रवेशकै लागि सप्तरीबाट काठमाडौं आएर एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममार्फत एमालेमा प्रवेश गरेको एमाले संवद्ध स्रोतले जनाएको छ ।

यादवले गत वर्ष सप्तरीको तिलाठीमा भारतीय पक्षले नेपाली सिमाना मिचेर देखाएको ज्यादतीमा उनले नेपालको तर्फबाट नेतृत्व गरेका थिए ।

प्रतिकृया दिनुहोस