देश

सीता एयरको विमान ठूलो दुर्घटनाबाट बच्यो

सोलुखुम्बु - सीता एयरको विमान आज दुर्घटना हुनबाट बचेको छ ।तेञ्जिङ्ग हिलारी विमानस्थल, लुक्लाबाट काठमाडौंका लागि उडान भर्न लागेको जहाज दुर्घटनाबाट बचेको हो ।

लुक्लामा अवतरण गरेको सीता एयरको नाइन–एनएजेएच कल साइन रहेको विमानको चक्कामा खराबी आएपछि चालक दलले समयमा नै थाहा पाएपछि विमानलाई पुनः पार्किङ्गतर्फ नै फर्काइ दुर्घटना हुनबाट जोगाएको बताइएको छ ।

उडानका लागि धावन मार्गको झण्डै एक सय मिटर दूरी पार गरेपश्चात मात्र विमानको हाईड्रोलिक चक्कामा खराबी आएको थियो ।विमानमा रहेका सबै चालक तथा यात्रु सकुशल रहेको पनि प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस