कला/मनोरञ्जन

  ‘ऐश्वर्य’को केन्द्रबिन्दुमा रमेश, अगाडी पछाडी दीपिका र केकी ?

 

काठमाडौँ । नायिका दीपिका प्रसाईपछि ‘ऐश्वर्य’को पोष्टरमा बल्ल देखिन थालेकी छिन् नायिका केकी अधिकारी । नायक रमेश उप्रेतीले निर्माण गरेको चलचित्र ऐश्वर्यको तिमी रोएको पल बोलको गीत र ट्रेलरले औधी चर्चा कमाएसँगै निर्माण यूनिटले प्रचार प्रसारमा केकीलाई अघि सारिएको दाबी गरिएको छ ।

कात्तिक ९ गतेबाट प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्रका सुरुवातका प्रचार सामाग्रीहरुमा नायिका दीपिकालाई बेजोडका साथ देखाइए पनि निर्माण युनिटले पछिल्ला सामाग्रीहरुमा केकीलाई पनि समावेश गर्न थालेको छ ।

जसलाई चलचित्रको रणनीतिका भएको निर्देशक दिवाकर भट्टराइ बताउँछन् । चलचित्रले एकपछि अर्को शैलीमा चलचित्रको हाइप बनाउँदै लगेका निर्माता तथा नायक रमेश उप्रेतीले प्रदर्शनको करिब २ साता अगाडि केकी अधिकारीलाई अगाडि ल्याएर केकीको महत्वपूर्ण भूमिकालाई अन्तिम समय देखाउन खाजेको तर्क गर्छन् ।

प्रतिकृया दिनुहोस