कला/मनोरञ्जन

क्यान्सर पिडित आमाको उपचारका लागी बैँकबाट निकालेको पैसा नायिका सारंगा श्रेष्ठले हराएपछि

काठमाडौं । विगत २ दशकदेखि अमेरिकामा बस्दै आएकी नायिका सारंगा श्रेष्ठले बैँकबाट निकालेको २ लाख रुपैयाँ घर नपुग्दै हराएपछि उनी अप्ठ्यारोमा परेकी छिन् ।

आफ्नी आमालाई क्यान्सर भएपछि भक्तपुरमा उपचार गराइरहेकी नायिका सारंगा श्रेष्ठले बानेश्वरको बैँकबाट पैसा निकालेर घर पुग्दा पैसा हराएको थाहा पाए लगत्तै भेट्टाउनुहुने जोकोहीलाई पनि फिर्ता गरिदिन अपिल गरेकी छिन् ।

सारंगाले आँफु एकपछि अर्को गर्दै अप्ठ्यारोमा फस्दै गएको समयमा सहयोग गर्नुहुने सहयोगी मनालाई धर्म लाग्ने पनि बताएकी छिन् । उनकी आमाको उपचार भक्तुर क्यान्सर अस्पतालमा भइरहेको छ ।

प्रतिकृया दिनुहोस