कला/मनोरञ्जन

भिसा लाग्यो गीतमा विदेशिने महिलाको पिडा

ललितपुर । गायक उद्धव कार्कीको नयाँ लोकदोहोरी गीत भिसा लाग्यो.... मा विदेशिने महिला र उनको परिवारको पिडा समावेश गरिएको छ । दशैं भन्दा अघि सार्वजनिक गरिएको यो गीतको भिडियोमा भिसा लागेर विदेशिएकी महिला र उनको स्वदेशको परिवारको पिडा देखाइएको छ । भिसा लागेपछि परदेश जानुपर्दाको बाध्यता र अवस्थालाई भिडियोमा चित्रण गरिएको छ ।

भिसा लाग्यो गीतमा उद्धव कार्की र गितादेवीको स्वर छ । गायक कार्कीकै लय रहेको गीतमा शब्द क्यानडामा रहेका मुरारी अधिकारीको छ । भिडियोमा नायक रवि कार्की र सञ्चारकर्मी तथा गायिका शोभा त्रिपाठीको अभिनय छ । नायक कार्कीले अभिनय गरेको यो पहिलो लोकदोहोरी गीत हो । भिडियोलाई छाँयांकन, सम्पादन र निर्देशन दिप सागरले गरेका छन् । गीतलाई शिवपुरी म्युजिकले बजारमा ल्याएको छ ।

गायक कार्की काँठे लोकभाकाका अहिलेका पुस्ताका चर्चित गायक हुन् । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ५ महाकालीका कार्कीको यो भन्दा अघि पनि थुप्रै लोकप्रिय गीत सार्वजनिक भइसकेका छन् ।

प्रतिकृया दिनुहोस