देश

भाइमाथि यौनशोषण गर्ने दाजुलाई बहिनी रिताको पहलमा भयो १० वर्षको जेल सजाय

काठमाडौँ । भाइमाथि यौनशोषण गर्ने ठूलीआमाको छोरा नाताले दाजु पर्ने मोरङका कृष्ण धिमालले सानीआमाको छोरा भाईलाई लामो समयसँग जबरजस्ती राख्दै आएको अप्राकृतिक यौनसम्वन्धको रहस्य बाहिरिएको छ । भाईलाई एकान्तमा भेद्दा होस् वा बिस्तारामा पाउँदा होस् दाजु कृष्णले यौन दुब्र्यबहार गरिहाल्थे ।

एकदिन कृष्णले भाईमाथी त्यस्तै ब्यबहार गरेका कारण भाई अत्तालिँदै हिँडेको देखेपछि दिदी कृष्णले सस्याका विषयमा सोधेपछि उनले लामो प्रयासपछि बल्ल पत्ता लगाइन् आफ्नो भाइमाथी ठूलीआमाको छोराले गर्दै आएको यौनशोषणको रहस्य । रिताले निकै कर गरेपछि र आँफुले कसैलाई पनि नभन्ने वाचा गरेसँगै भाईले दाजुले धेरै अगाडिदेखि आफ्नो गोप्य अंग समाउन लगाएको र अप्राकृतिक यौनसम्वन्ध राखेको कुरा बताए ।

त्यसपछि रिता झन् दोषाधमा परिन् । एकातिर आफ्नो पिडित भाई अर्कातिर अपराधी दाजु । निकै नै दोषधका बिच रिताले दाजु अपराधी भएको र सजायँ पाउनुपर्ने निचोड निकालेर मोरंग जिल्ला बाल कल्याण समितिको कार्यालय बिराटनगरमा दाजु कृष्ण धिमालद्वारा आफ्नो भाइमाथि भएको अप्राकृतिक यौन दुर्व्यवहारको उजुरी दर्ता गराएपछि दोषी कृष्ण धिमाललाईअदालतले १० बर्षको जेल सजायँ सुनाएसँगै उनको मनमा केही शान्ति मिलेको छ ।

प्रतिकृया दिनुहोस