कला/मनोरञ्जन

बेलयातको भिषा नलागेपछि नायिका साम्राज्ञी तनावमा, अप्ठ्यारोमा ‘इन्टु मिन्टु लण्डनमा’ यूनिट

 काठमाडौँ । बेलायतको भिषा नलागेपछि नायिका साम्राज्ञी तनावमा आएकी छिन् । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ छायांकनका लागी बेलायत जाने तयारीमा रहेकी साम्राज्ञीलाई बेलायती दुतावासले भिषा नदिएपछि उनले काम पाएको चलचित्र पनि हातबाट फुत्किने भएसँगै उनी तनावमा आएकी हुन् ।

चलचित्र छायांकनको क्रममा चलचित्रकी निर्देशक रेनशा वान्तवा राइ र नायक धिरज मगर यूके पुगे पनि साम्राज्ञी भने भिसा नआएका कारण त्यस तर्फ जान नपाएपछि चलचित्रको छायांकन नै प्रभावित बनेको छ ।

साम्राज्ञीको पासपोर्ट नेपालस्थित बेलायती राजदुतावासले फिर्ता गरिसकेको स्रोतको भनाई छ । जसका कारणचलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को सम्पूर्ण सेड्यूल प्रभावित भएको निर्माण यूनिटले जनाएको छ ।

प्रतिकृया दिनुहोस