स्वास्थ्य

यस्तो लक्षण देखिए हार्ट अट्याक हुन सक्छ

डा. दीपेश प्रधान मुटुरोग विशेषज्ञ
हार्ट अट्याक यस्तो प्राणघातक समस्या हो, जसले क्षणभरमै मानिसको ज्यान लिन सक्छ । केही मिनेटमै उपचार पाएन भने बिरामीको ज्यान बचाउन निकै कठिन हुन्छ । आकस्मिक थकान, स्वास–प्रस्वासमा कठिनाइ, घाँटीमा खसखस र बान्ता हुनेमध्ये प्रायः लक्षण एकसाथ देखियो भने हार्ट अट्याक हुँदै गरेको संकेत पाउन सकिन्छ । यी महिला–पुरुष दुवैमा देखिने समान लक्षण हुन् । छाती सहनै नसक्ने गरी दुख्नु महिला–पुरुष दुवैमा हुने हार्ट अट्याकको प्राथमिक लक्षण हो । मुटुको मांशपेसीलाई रगत प्रवाह गर्ने तीनवटा नली हुन्छ । तीमध्ये कुनै एक, दुई अथवा तीनवटा नली बन्द भयो भने मानिसमा हार्ट अट्याक हुन्छ । कुनै एक नली बन्द भयो भने आवश्यक पर्ने ठाउँमा रगत पुग्दैन र मानिस ढल्न पुग्दछ ।

कारण
वंशाणुगत गुण
धूम्रपान
मोटोपन तथा बोसोपन
कोलेस्ट्रोलको मात्रा बढी बढ्यो भने
तनाव
आलस्यपन

लक्षणहरू
प्रारम्भमा हिँड्दा, भर्‍याङ चढ्दा, खाना खाँदा छाती भारी भएजस्तो हुने ।
छातीको देब्रे अथवा मध्य भाग एकदमै दुख्ने । छाती भारी हुने ।
चिटचिट पसिना आउने ।
सास फर्ने गाह्रो हुने ।
उल्टी होलाजस्तो हुने ।
छातीको दुखाइ अत्यधिक बढेर मरिन्छ कि जस्तो हुने ।

बच्ने उपाय
प्रेसर छ भने यसको औषधि खाने
सुगर छ भने सुगरको औषधि खाने
कोलेस्ट्रोल बढी छ भने सागसब्जी, फलफुल खाने ।
शारीरिक व्यायाम गर्ने ।
धूम्रपान तुरुन्त त्याग्ने ।
परिवारमा कसैलाई यसको बिरामी भए सजग हुने ।
एक वर्षमा होल बढी चेकअप गर्ने ।

हार्ट अट्याक भए के गर्ने रु
तुरुन्त मुटु अस्पताल जाने ।
अस्पतालमा तुरुन्त इसिजी गर्ने ।
विभिन्न अस्पतालमा रगत पातलो गराउने औषधि पाइन्छ, त्यो
खान सकिन्छ ।
औषधि खाएपछि अस्पताल
भर्ना हुने ।
चिकित्सकको निगरानीमा बसिरहने ।नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस