सम्पादकीय

एकता दिगो हुनुपर्छ


दशैको उल्लास देशभर चलिरहेका बेला नेपाली राजनीतिमा अर्को एउटा सुखद समाचार भित्रियो । एमाले, माओवादी केन्द्र र नयां शक्तिविचमा हाललाई चुनावी एकता पछि त्यो पार्टी एकतासम्म विस्तार हुने । यो समाचारलाई लिएर दुखित न नेपाली कांग्रेस हुनुपर्ने छ न अरु नै । वामपन्थीहरु त खशी हुने कुरा नै भयो । पार्टीविचमा एकताको प्रसंग त्यतिवेला चल्छ जतिवेला उनीहरु आफ्नो अस्तित्वरक्षामा संकटमा परेको ठान्छन् । यतिवेला एमाले, माओवादी केन्द्र र नयां शक्तिविचको चुनावी एकताको औचित्य के ? यक्ष प्रश्न यहि हो । के यो नेपालमा वामपन्थी र गैरबामविचको धुव्रिकरणको प्रश्न हो या यो केवल अल्पकालिन लाभहानीलाई आधार बनाएर गरिएको धुव्रिकरण हो , प्रश्न यो हो । गठन र विघटनका इतिहासलाई हेर्ने हो भने चाहे त्यो सत्ता होस या पार्टी एकीकरण , ति एकै ठाउं आएका, मिलेका , अव मिलेरै देशको विकास गर्ने , कुरा प्रिय सुनिन्छन् । अनि फेरी केहि महिना नवित्दै दुई समूहविचमा भएका भद्र सहमति पालना नगरिएको , एकताको अन्त्र्य र मर्मअनुरुप जिम्मेवारी नदिएको भन्दै फेरी सत्ताबाट बहिर्गमन या पार्टीमा विभाजन भएका काफी उदारहण छन् । ति धेरै दीर्घकालिन भएका देखिदैनन ।

आजै नहोला , केहि दिन या महिनापछि , बढिमा चुनाव भन्दा पछि, माओवादी केन्द्रले, एमालेले या नयां शक्तिले एकताको मर्मअनुरुप खास काम हुन नसकेको भन्दै त्यसको औचित्य सकिएको घोषणाका साथ अलग भएको बताउन बेर लाग्ने छैन । किनपनि भने धेरै एकता कुनै सैद्वान्तिक आधारमा भन्दा पनि कुनै शक्तिकेन्द्रको निर्देशन या सत्तासमिकरणको जोडघटाउका आधारमा हुने गरेका छन् । त्यसले कुनै पनि नेता कार्यकर्ता या शुभचिन्तक अहिले हौसिन जरुरी छैन । टुट र फुटको इतिहासमा नयां नजिर यस्तो नजिर कि कुनै महिना या दिनमै फुटेको घोषणा नभएको नजिर बसोस ।

के यसको मतलव सधै निराश र नकारात्मक मात्र सोच्ने हो त , यसो पनि कदापी होइन र हुनुहुदैन । एकता सम्भव छ , हुनुपर्छ । त्यो एकता देशलाई केन्द्रमा राखेर हुनुपर्छ । वामपन्थीविचको साझा मार्गचित्रमा आधारित रहेर हुनुपर्छ । अहिलेको संघ र प्रदेशको चुनावमा माओवादी कतै कांग्रेसंग मिल्छ कि भन्ने एमाले त्रास एवं एक्लै चुनावमा जादा हाम्रो अवस्था विजोगपूर्ण हुनेभो भन्ने माओवादी मनोदशामा अनि फेरी माओवादीमै फर्कने आधार तयार गर्ने बाबुरामको दाउंपेचमा आधारित हुनुहुदैन । नेपालमा भएका बामपन्थीलाई एकै ठाउंमा आएर मुलुकको मुहार फेर्ने साझा कार्यदिशामा हुन सक्छ कि सक्दैन ? हुन लागेको होकि होइन, आजको एकता कति जिवन्त छ या कति टिक्छ , यसमा निहित हुनेछ । अन्यथा चालबाजीका रुपमा बदलिनेछ र भोली चनाव सकिएपश्चात फेरी आफ्नै घर फर्कको अभियान शुरु हुनेछ । यस विषयमा गम्भीर रुपमा गृहकार्य नगरि गरिने एकता हिस्स बुढी हरिया दात हुने्छ । चेतना भया ।

प्रतिकृया दिनुहोस