सम्पादकीय

संविधान दिवसको सार्थकता

आज असोज ३, संविधान जारी भएको दुई वर्ष पुगेको छ । संविधान निर्माण भएको दुई वर्ष पुगेको अवसरमा संविधान दिवस मनाउदै गर्दा संविधान कार्यान्वयनको पेचिलो समयमा नेपाल प्रवेश गरेको छ । विशेषत तिन तहका निर्वाचन माघ ७ भित्र सम्पन्न हुने या नुहने भन्ने प्रश्नमा नै संविधान कार्यान्वयनको मर्म गासिएर आएको छ । यसविचमा स्थानीय तहको तेस्रो चरण अन्तर्गतको निर्वाचन सोमवार मात्र प्रदेश न दुईमा सम्पन्न भएको छ । मंसिर ७ र २१ मा संघ र प्रदेशको चुनाव सरकारले घोषणा गरेको छ । संविधान घोषणा भएका वखत जे जस्ता भयानक अन्तरविरोध सार्वजनिक भएका थिए, ति अन्तरविरोध आजका दिनमा आउदा करिव करिब समाप्त भएका छन् ।

संविधानमा फरक मत राखेर विरोधमा उत्रिएको तत्कालिन मधेशी मोर्चा जो अहिले राजपाको रुपमा रहेको छ , उसले स्थानिय तहको निर्वाचनमा भाग लिइसकेपछि संविधानका सन्दर्भमा रहेको जटिलता तत्काललाई मत्थर भएको अनुमान गर्न सकिन्छ यद्यपि संविधान संशोधनको विषयमा राजपाले आफ्नो अडान पूर्ववत रहेको र आन्दोलन जारी रहने बताएको छ । राजनीतिक खपत होस या आफ्नो राजनीतिक साखका लागि होस, राजपाको उक्त अडान हुदाहुदै उसले निर्वाचनमा भाग लिनुलाई सकारात्मक रुपमा मान्नुपर्छ । संविधान त्यतिवेला कार्यान्वयन भएको मानिनेछ जतिवेला सवै तहका निर्वाचन माघ ७ भित्र सम्पन्न भइसक्नेछन् । संविधान दिवसको सार्थकता त्यतिवेला हुनेछ जतिवेला संविधानलाई सवैले हार्दिकताका साथ स्विकार गर्छन ।

संविधानलाई सवैले स्विकार्ने परिस्थिति पछिल्लो समय तयार हुदै गएको छ । यो संग्लिएको अवस्थालाई संस्थागत गर्दै नेपालका राजनीतिक दलहरु अगाडि बढनु जरुरी छ । आजजसम्म जे जति राजनीतिक प्राप्तिका लागि समय व्यतित भयो अव उप्रान्तको उर्जा मुलुकलाई समृद्व बनाउनका लागि खर्चिनुपर्छ । फेरी संविधान संशोधन र संविधानकै कारण मुलुकलाई द्वन्द्वमा फस्ने र फसाउने तागतलाई समृद्विमार्फत परारस्त गर्न सकियो भने संविधान दिवस मनाउनुको औचित्य पुष्टि हुनेछ ।

प्रतिकृया दिनुहोस