विविध

विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा फ्यूचर स्टार्समा जानकारीमूलक कार्यक्रम

ललितपुर । ललितपुरको जावलाखेल स्थित फ्यूचर स्टार्स हाइस्कूलमा आत्महत्याका कारण र रोकथामका सम्बन्धमा विशेष जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ । सेप्टेम्बर १० तारिक विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा रिदम न्यूरोसाईकियाट्री हस्पिटल एण्ड रिसर्च सेन्टरका एमडी तथा मनोचिकित्सक डा रितेश थापाको नेतृत्वमा आएको मनोविद सहितको टोलीले विद्यालयका शिक्षक र विद्यार्थीलाई आत्महत्याका कारण र रोकथामका उपायबारे जानकारी प्रदान गरे । कार्यक्रममा मनोचिकित्सक डा रितेश थापाले आत्महत्याका विविध पक्षका बारेमा बताए । उनले आत्महत्या रोकथाम गर्न सकिने बताए । नेपालमा सरदर दैनिक १४ जनाले आत्महत्या गरिरहेको बताउँदै उनले रोकथाम गर्न  राज्यले गम्भीरता देखाउनुपर्ने बताए । टेक अ मिनट च्यान्ज अ लाईफ, विश्व आत्महत्या रोकथाम दिवसको यस वर्षको नारा रहेको छ । आत्महत्या गर्नेमा ८० प्रतिशत भन्दा बढि मानासिक रोगी भएको समेत थापाले जानकारी दिए । नियमित रक्सी सेवन गर्ने, लागुऔषध प्रयोग गर्नेहरुमा आत्महत्याको जोखिम बढि हुने उनले बताए । जोसुकैले कुनैपनि बेला आत्महत्या गर्ने सोच सार्वजनिक गर्छ भने त्यसलाई मजाकका रुपमा लिन नहुने तर्क डा थापाले राखे । उनले भने, हाँसो या गम्भीरतापूर्वक कसैले आत्महत्या गर्छु भन्छ भने त्यसलाई खेलाचीका रुपमा लिनुहुदैन । तत्कालै उक्त व्यक्तिलाई परामर्श एवं उपचारका लागि मनोचिकित्ककोमा पुर्याउनुपर्ने समेत थापाले उल्लखे गरे ।

प्रतिकृया दिनुहोस