विविध

जुरेलीडाडामा रोटरियन र रोट्रयाक्टले गरे ४ सय वृक्ष रोपण

धुलिखेल, काभ्रे । रोटरी इ क्लव अफ डिस्ट्रिक्ट ३२९२ नेपाल, रोट्रयाक्ट क्लव अफ धुलिखेल, रोट्रयाक्ट क्लव अफ स्वयम्भू, रोट्रयाक्ट क्लव अफ बानेश्वर रोयलको संयुक्त आयोजनमा काभ्रेको धुलिखेल स्थित जुरेली डाँडामा शनिवार बिहान आयोजना गरेको वृक्ष रोपण कार्यक्रममा ४०० वृक्षरोपण गरिएको छ । वृक्षरोपण कार्यमा करिव ७० जनाको सहभागिता रहेको थियो । " पेन्ट माई हाट्र ग्रीन" स्लोग्नका साथ ३० प्रजातिका बिरुवा  रोपिएको रोटरी इ क्लव अफ डिस्ट्रिक्ट ३२९२ नेपालका अध्यक्ष युगल बर्जाचार्यले बताए । आरआई प्रेसिडेन्ट Ian H. S. Riseley ले यो साल एक रोटरियन एक वृक्ष रोपण गर्न गरेको अपिल एवं आह्वानलाई हृदयगम गर्दै सो वृक्षरोपणको आयोजना गरिएको बर्जाचार्यले बताए । उक्त वृक्ष रोपण कार्यक्रममा रोटरी क्लव अफ धुलिखेल, रोटरी क्लव अफ जावलाखेल, रोटरी क्लव अफ पाटन, रोटरी क्लव अफ हिमालय पाटन,रोटरी क्लव अफ जावलाखेल मञ्जुश्री, रोटरी क्लव अफ काठमाडौं मेट्रो, रोटरी क्लव अफ काठमाडौं नर्थ इष्ट, रोटरी क्लव अफ याला, रोटरियन तुलसी महर्जन ,आशा प्रोजेक्ट लगायत विभिन्न रोट्रयाक्ट क्लवको सहभागिता रहेको थियो ।

 

 

प्रतिकृया दिनुहोस