विविध

संयुक्त रुपमा राहत हस्तान्तरण तथा निशुल्क स्वास्थ्य शिविर

काठमाडौं । रोटरी क्लव अफ महाबौद्व, ओम हस्पिटल,नेपाल मेडिकल कलेज,गोर्खा गु्रप प्राली , मगर सेवा समाज दाङ, र लुम्बिनी हस्पिटलले संयुक्त रुपमा सप्तरीको राजविराजमा बाढीपिडतलाई राहत हस्तान्तरण गरेका छन् । राहतका साथै उनीहरुले त्यहां दुई दिने निशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेका छन् । उक्त स्वास्थ्य शिविरमा करिव १४ सय भन्दा बढिको निशुल्क स्वास्थ्य परिक्षण गरिएको रोटरी क्लव अफ महाबौद्वकी पास्ट प्रेसिडेन्ट बिनिता प्रधान जोशीले बताउनुभयो । बाढीपिडीतको तत्कालिन आवश्यकतालाई मध्यनजर गरेर नगद हस्तान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी र अन्य सुरक्षानिकायको रोहवरमा प्रति परिवार रु ५ हजारका दरले नगद हस्तान्तरण गरिएको जोशीले जानकारी दिनुभयो । उक्त राहत अभियानको संयोजन रोटरी क्लव अफ महाबौद्वका पास्ट प्रेसिडेन्ट मानबहादुर बुढामगरले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस