देश

बागलुङमा घर भत्किदा एकै घरका दुइजनाको मृत्यु

बागलुङ । लगातारको वर्षापछि बागलुङको गलकोट बडगाउँमा घरको गाह्रोले च्यापिएर दुई जनाको ज्यान गएको छ । गएराति करिब १ बजेको समयमा घरको पछाडिपट्टकिो गाह्रो भत्तिएपछि एकै परिवारका ७५ बर्षीय जयलाल बिक र उनका नाति १३ बर्षीय छोरा बिबेक बिकको घटनास्थलै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान अबेरसम्म पनि नाति र हजुरबुबा नउठेपछि आफन्तले हेर्न जाँदा पुरिएको अवस्थामा देखेको र स्थानीयलाई खबर गरेको बताइएको छ । दुवैको शव निकालेर अहिले पोष्ट्मार्टमका लागि गलकोट प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

 

प्रतिकृया दिनुहोस