देश

सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन गरिएपछि ब्यारेजका ३० वटै ढोका खोलियो

काठमाडौँ । सप्तकोशी नदीमा बिहीबार मध्यान्ह यस वर्षकै उच्च वहाव मापन गरिएपछि कोशी ब्यारेजका ३० वटा ढोका खोलिएको छ । सुनसरी प्रहरीका अनुसार मध्यान्ह मापन गर्दा सप्तकोशीमा २ लाख ३६ हजार ४ सय क्युसेक प्रतिसेकेण्ड वहाव रहेको छ ।

पूर्वी पहाडी भेगसहितका क्षेत्रमा पानी पर्ने क्रम जारी रहेसँगै केही दिनयता सप्तकोशीको बहावमा उतारचढाव भएको हो । नदीमा पानीको सतह बढ्दै गए पनि स्परहरु सुरक्षित रहेको र कुनै खतरा नरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस