प्रवास

बेल्जियममा तमुधिँ गठन।

उज्ज्वल के.सी. ब्रसेल्स, आफ्नो भाषा, संस्कृती, सभ्यता जोगाउन उदेश्यका साथ तमु अर्थात गुरुङहरुको नयाँ संगठन तमु घिँ गठन भएको छ । १७ बर्ष अगाडि स्थापना भएको तमु समाज, बेल्जियमको स्थापना दिवसकै दिन तमु धीं बेल्जियम विधिवत रुपमा अर्को नयाँ संस्थाको रुपमा घोषणा गरिएको छ।
पदम बहादुर गुरुङ ‘प्रवासी’ को अध्यक्षतामा स्थापना भएको तमु धीं  बेल्जियमले २५ जुन २०१७ मा  बेल्जियमको नियम अनुसार सस्था दर्ता गरेको छ । तीन उपाध्यक्ष मनिष गुरुङ, प्रबिना गुरुङ,नबिन गुरुङ, महासचिव गडुलध्वज गुरुङ (जिम्मी ) सचिव गंगा गुरुङ कोषाध्यक्ष चित्र गुरुङ सह कोषाध्यक्ष गजेन्द्र गुरुङ र सदस्यहरु आश बहादुर गुरुङ,सुमन गुरुङ,केबी गुरुङ, खडग गुरुङ र देव काजि गुरुङ को कार्यसमितीको साथमा उपस्थित थुप्रै तमु र अथितिहरु माझ अगष्ट ६ तारिक आइतवारका दिन तमु धीं बेल्जियमले एन्त्रोपको नोर्ड पार्कमा घोषणा शभा कार्यक्रम आयोजना गरेको थियो ।
तमु धीं बेल्जियमको घोषणा सभामा बेल्जियमका बिभिन्न संघ संस्थाहरुको उपस्थिती रहेको थियो । उपस्थित हुन नसक्ने संघ संस्थाहरुले संस्थाको स्थापना र प्रगतिको शुभकामना सहित पत्र पठाएका थिए । सो घोषणा शभामा मोना बेल्जियमका अध्यक्ष योगेन्द्र विक, नवलपरासी समाजका राम पुन, तामाङ् समाजका सल्लाहकार भरत तामाङ्, नेपाल जनजाती सरोकार मन्च बेल्जियमका अध्यक्ष वदन योङहाङ्ग, किराँत समाज बेल्जियमका सल्लाहकार मणी राई, नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमका अध्यक्ष मेख तमु र नेपाली जनप्रगतिशिल मोर्चा यूरोपका अध्यक्ष बिष्णु भुजेलले शुभकामना मन्तब्य दिएका  थिए । घोषणा कार्यक्रम महासचिव गडुलध्वज गुरुङले संचालन गरेका थिए ।

 

प्रतिकृया दिनुहोस