कला/मनोरञ्जन

हिट फिल्म ‘म यस्तो गीत गाउँछु’ दिएका पलको नयाँ फिल्म ‘जोनी जेन्टलम्यान’को चर्चा सुरु

काठमाडौँ । मोडलबाट नायक बनेका पल शाहको भाग्य परिक्षा उनको प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’ ले गर्ने चर्चा चलचित्र नगरीमा सुरु भएको छ । भदौ ३० गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्रमा पल र नाइ नभन्नु लबाट अभिनयमा डेब्यू गरेकी सुन्दरी नायिका आँचल शर्माको अभिनय रहेको छ ।

प्रदर्शनका लागि करिब १ महिना मात्र बाँकी रहेको ‘जोनी जेन्टलेम्यान’का लागि यसको निर्माणपक्षले कस्तो स्टाटेजी अपनाउँछ त्यसको भरमा फिल्मको पनि भविष्य जोडिने चर्चा सुरु भएको छ । नितिन चन्दले निर्देशन गरेको चलचित्रलाई एनड्रिउ पौडेलले निर्माण गरेका हुन् । पलले अभिनय गरेको फिल्म ‘म यस्तो गीत गाउँछु’ हालै हिट भएको थियो ।

प्रतिकृया दिनुहोस