खेलकुद

रोनाल्डो रियल मड्रिडमा रहने नरहने भन्ने चर्चा हुँदै गर्दा म्यानचेस्टर बिरुद्ध जम्मा ७ मिनेट मात्र खेले

 एजेन्सी । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो गएराती म्यानचेस्टर युनाइटेडबिरुद्धको खेलमा जम्मा ७ मिनेट मात्रै मैदानमा रहे । रियल मड्रिडले २- १ गोल अन्तरले हराएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध खेलको २४ औँ मिनेटमा नै अग्रता लिएको थियो ।
 
क्यासिमेरोले मड्रिडका लागि पहिलो गोल गरेका हुन् । रियल मड्रिडका लागि इस्कोले ५२ औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर पारे । युनाइटेडका लागि लुकाकुले ६२ औँ मिनेटमा गोल गरे ।
 
युनाइटेडले आउँदो आइतबार वेस्ट हाम युनाइटेडसँग र मड्रिडले आउँदो आइतबार नै स्पेनिस सुपर कपमा बार्सिलोनासँग खेल्दै छ । रोनाल्डो रियल मड्रिडमा रहने नरहने भन्ने चर्चा चलिरहेका बेला उनी गएको हप्ता प्रशिक्षणमा फर्किएका थिए । उनीमाथि लागेको कर छलीको आरोपबाट निराश रहेको र यसले गर्दा उनी स्पेन छोडेर इंग्ल्याण्ड फर्किन चाहेको खबर पनि आइरहेका छन् ।

प्रतिकृया दिनुहोस