प्रवास

दंगा फैलाएको आरोपमा बंगाल प्रहरीद्वारा २ नेपाली पक्राउ

सिलिगुडी । गोर्खाल्याण्ड आन्दोलनमा नेपालका माओवादीको संलग्नताको दावी गरिरहेको पश्चिम बंगाल प्रहरीले मंगलबार एक नेपालीसहित दुई जनालाई पक्राउ गरेको छ।

सिलिगुडी प्रहरीले इलाम फिक्कलका उदयहाङ फागो ३७ र सुकुना निवासी नितिन क्षेत्री ३५ लाई पक्राउ गरेको हो। दुवैलाई गत साता सुकुनामा भएको हतियार जुलुसपछिको गोली काण्डमा संलग्नता रहेको आरोप लगाइएको छ।

अभियुक्तद्वयलाई दंगा फैलाएको आरोपमा भारतीय दण्ड संहिताको धारा १४७, १४८ र १४९ का साथै खतरनाक हतियार बोकेर सरकारी काममा व्यवधान खडा गरेको र प्रहरीमाथि आक्रमण गरेको आरोप लगाइएको छ।

सिलगुडी प्रहरीद्धारा पक्राउ परेका इलाम फिलक्कलका उदयहाङ फागो। यसैबीच गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले आन्दोलनमा संलग्न रहेको बहानामा बंगाल सरकारले निर्दोष व्यक्तिलाई पक्राउ गरेर नेपाली सहयोग पुष्टी गर्न खोजेको बताए। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

प्रतिकृया दिनुहोस