कला/मनोरञ्जन

नायिका रेखा थापाले कमल थापाको राप्रपा छाडेर पशुपतिको नयाँ पार्टी रोजिन

काठमाडौँ- चर्चित नायिका रेखा थापा कमल थापा नेतृत्वको राप्रपा परित्याग गरेर पशुपति शम्शेर राणा नेतृत्वको नयाँ पार्टीमा लागेकी छन् । कुनै समय माओवादीमा रहेकी नायिका थापा माओवादी परित्याग गरी राप्रपा प्रवेश गरेकी थिइन् ।

रेखाले राप्रपाका अध्यक्ष कमल थापासँग आफ्नो बिचार नमिलेको भन्दै राप्रपा प्रजातान्त्रिकलाई रोज्न गएको बताएकी छिन् । उनले राप्रपा प्रवेश गर्दा कहिल्यै पनि राजतन्त्रको वकालत नगरेको बताएकी छिन् । रेखाले आजै राप्रपा प्रजातान्त्रिकमै रहेको आधिकारिकताको प्रमाण नेता दिपक बोहोरालाई बुझाई सकेकी छिन् ।

प्रतिकृया दिनुहोस