खेलकुद

बार्सिलोना छाडेपछि नेइमारको आलोचना गर्दै बार्सिलोनाका अध्यक्षले दिए यस्तो अभिब्यक्ति

एजेन्सी । २५ वर्षका ब्राजिलियन फरवार्ड नेइमार बार्सिलोना छाडेर गत हप्ता मात्रै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी जोडीएपछि बार्सिलोनाका उनका साथीले निकैनै दुख र निराशा देखाए । तर क्लाब छोडेको एक सातापछि बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमुले नेइमारको आलोचना गरेका छन् ।

२० करोड पाउण्डमा पिएसजी गएका नेइमारले बार्सिलोना छाडेर जाने क्रममा उनले देखाएकामे ब्यबहारलाई कारण देखाउँदै बार्सिलोनाका अध्यक्ष जोसेप मारियाले उनको आलोचनाा गरेको बिबिसीले जनाएको छ ।

बिबिसीका अनुसार नेइमारले बार्सिलोना छोड्ने तयारी नै राम्रो नभएको र बार्सिलोनाको खेलाडीको व्यवहार भित्र नपर्ने भन्दै आलोचनात्मक टिप्पणी गरेका हुन् । नेइमारले बार्सिलोना छोड्ने तयारी हुँदाहुँदै पनि सन् २०१६ मा क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेको हुन सक्ने अध्यक्ष बार्टोमुले आरोप लगाए ।

 

प्रतिकृया दिनुहोस