विविध

नेपाल विश्व सम्बन्ध परिषद् छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्रावण १९ ,काठमाण्डौ । नेपाल विश्व सम्बन्ध परिषद्ले काठमाण्डौमा Revitalizing the SAARC Process सम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो । कार्यक्रमका प्रमुख वक्ता सार्कका महासचिव Amjad Hussain B. Sial रहनुभएको थियो । कार्यक्रममा माहासचिवले सन् १९८५ मा सार्क स्थापना भएदेखि आज सम्म दक्षिण एशियाली विकासमा खेलेको भूमिकाको वारेमा विस्तृत चर्चा गर्नुभयो ।  सार्कको महासचिव भएपछि सार्क सम्मेलनको पूर्वतयारीको लागि मन्त्री स्तरमा हुने विभिन्न सम्मेलन बैठक आयोजना गरिएको जानकारी दिनुभयो । सार्कदेशहरुमा स्वतन्त्र आवात्जावत्को लागि खुल्ला भिषाको प्रक्रिया अगाडि बढाउनु पर्ने, सार्क भित्रकै एक देशबाट अर्को देशको यात्रा गर्दा हवाई भाडा अधिक महंगो भएकोले हवाइ मार्ग खुला गर्नुपर्ने, जल तथा स्थल मार्गबाट एक देशबाट अर्को देशमा सहज यात्रोको लागि सोच्नु पर्ने वताउनु भयो । १९ जुलाईमा श्रीलंकामा भएको स्वास्थ्य मन्त्री स्तरको बैठकबाट दक्षिण एशियाली मेडकल विश्व विद्यालय स्थापना गरेको जानकारी दिनुभयो भने उक्त प्रोजेक्ट करिव १०० करोड अमेरिकी डलर बराबरको प्रोजेक्ट हुने छ । श्रीलंकामा स्थापान उक्त विश्व विद्यालयबाट विभिन्न रोगहरुको परिक्षण उपचार तथा अध्ययन अनुसन्धान जस्ता कार्यहरु गरिने छ । भारतले सार्क विश्वविद्यालयको लागि १०० एक्कड जग्गा उपलब्ध गराएजस्तै श्रीलंकाले पनि उक्त विश्वविद्यालयको लागि आफैंले आवश्यक जग्गा उपलब्ध गराएको कुरा वताउनु भयो ।
परिषद्का अध्यक्षले सार्क देशको सम्बन्ध सुमधुर बनाउन सार्क देशका जनता– जनताबीच सम्बन्ध सुमधुर हुनुपर्ने कुरा वताउनु भयो । यसरी सम्बन्ध सुधारगर्नको लागि अपसी भ्रमण आदान प्रदनबाट नै सम्भव हुने उल्लेख गर्दै सार्क चार्टडले सार्थकता पाउन हामी सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । पर्यटन, साँस्कृति, क्षेत्रको पनि जनताकै सम्बन्ध र साँस्कृतिक सम्बन्धबाट पनि सार्क मुलुकबीचको सम्बन्ध सुदृढ गर्न सकिने बताउनु भयो ।
महासचिव असिम थापाले सार्क स्थापना हुँदा अवलम्बन गरेको कार्यक्षेत्र र उद्देश्यलाई पुनः स्मरण गराउँदै सार्कले आफ्नो उद्देश्यमा अडिग हुन नखोजेकोमा आशंका व्यक्त गर्नुभयो । कायैक्रममा सञ्चार माध्यम र विभिन्न उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति थियो । उपस्थित व्यक्तिहरुले सार्कको भूमिका, सार्क मुद्रा र सार्क सम्मेलन जस्ता विविध बहु आयामिक पक्षमा प्रश्न गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस