सम्पादकीय

बाटो विराउदै छन जनप्रतिनिधी


दुई चरणमा ६ वटा प्रदेशका स्थानिय तहका निर्वाचन सम्पन्न भएका छन् । दुई न प्रदेशको स्थानिय तहको निर्वाचन बांकी छ । १८ वर्षसम्म स्थानिय निकाय जनप्रतिनिधीविहिन हुदा उत्पन्न शुन्यता, जवाफदेहिहिनताको अन्त्यका लागि स्थानिय निकाय होस या स्थानिय तहको निर्वाचनमा निकै जोड दिइयो । स्थानिय तहको निर्वाचनले तहलाई स्थानिय सत्ताकै रुपमा विकास गर्ने प्रचार भए । त्यसतो सत्ता जसले आफनो गाउंठाउंको विकासका लागि माथिको भर पर्न नपरोस । सदरमुकाम र सिंहदरवार धाउनुपर्ने बाध्यताको अन्त्य होस । कार्यपालिका , व्यवस्थापिका र न्यायपालिका त्यही नै होस । यो प्रगतिशल व्यवस्था स्थानिय तहमा होस । राज्यव्यवस्थाका सामान्ती अवशेष समाप्त हुनुपर्छ । जनतालाई सवैखाले अधिकार आफ्नै आगनमा प्राप्त गर्ने सुविधा दिईनुपर्छ आवाज उठ्यो ।

केन्द्रिय सामन्ती राज्यसत्ताका कारण नागरिकलाई निकै सकस भएको भन्दै स्थानिय तहलाई स्थानिय सत्ताकै रुप दिने कुरा आयो , त्यसको सर्वत्र स्वागत पनि भयो । आज पहिलो चरणको स्थानिय तहको निर्वाचन भएको दुई महिनाभन्दा बढि भइसकेको छ भने दोस्रो चरणको निर्वाचन भएको एक महिना भन्दा बढि भयो । निर्वाचनका क्रममा विभिन्न ठाउंमा विभिन्न उम्मेदवारले विविध खालका बाचा गरेका थिए । प्रतिवद्वता पुरा किन गरिएन आजैदेखि जनताले प्रश्न थालेका छन् । काठमाडौं महानगरपालिकै कुरा गर्दा मेयर शाक्य निरन्तर रुपमा आलोचनाका पात्र भएका छन् । महानगरमै , भल र खाल्टाखुल्टीका कारण नागरिकले सास्ती व्यहोर्नु परेपछि उनको आलोचना तिव्र बनको छ । जनप्रतिनिधीलाई मोबाईल किन्ने, मोटरसाईकल किन्ने, पोशाक भत्ता सम्म दिने निर्णय गरेर जनप्रतिधिीले असाध्यै निकृष्ट सांस्कृतिक चिन्तन देखाएका छन् । यस्ता कामले स्थानिय तहको बदनामीको सम्भावना बढेर गएको छ ।

स्थानिय तह जनतावाट छानिएकाको सुख सुविधाका लागि होइन जनताको अधिकारको रक्षाका लागि हो । स्थानिय तहमा जनताका आवश्यक्तालाई प्राथमिकता दिइनुपर्छ । स्थानिय तहका जनप्रतिनिधीसंग स्थानिय तहको समृद्विको मार्गचित्र हुनुपर्छ । स्थानिय स्रोतले आफ्नो स्थानिय तहको समृद्विको सपना कति पुरा हुन्छ ,कति पुरा हुदैन त्यसको मूल्यांकन गरेर थप स्रोतका लागि प्रदेश र केन्द्रसंग अपिल गर्नुपर्छ । आफ्नो स्थानिय तहमार्फत बढि भन्दा बढि जनतालाई सेवा सुविधा प्रदान गरेर नमुना स्थानिय तहका रुपमा विकास गर्नका लागि दत्तचित्त हुनुपर्छ । अन्यथा जनताले अर्को पटक त्यसको उचित दण्ड दिनेछन् ।

प्रतिकृया दिनुहोस