विचार/ब्लग

नेपाली कम्युनिष्ट आन्दोलनको “विषालु झारपात”

 

 

 

 

 

 गोपाल किरांती 

डा. चैतन्य मिश्र नाम चलेका विद्वान हुन् । हालै प्रकाशित ‘नभएको माक्र्सवाद पढिएछ’ शिर्षक उनको अन्तर्वार्ताले गम्भीर प्रश्न उठाएको छ । त्यसैकारण, खासगरी कम्युनिष्ट आन्दोलन र राष्ट्रवाद तथा पुँजीवादसम्बन्धि कार्ल माक्र्सको बिचारलाई केन्द्रीत गरेर यो प्रतिकृया लेखिएको छ ।

१) सर्वप्रथम ’लेनिन र माओ राष्ट्रवादी थिए । उनीहरुको शिक्षा नेपालमा अन्धनक्कल गरेर पढिएछ’ भन्ने मिश्रको प्रस्तुतिलाई हेरौं । 
यी डा. मिश्रले त्यसरी अन्धनक्कल गरेर शिक्षा लिनुभएको भए त्यो उहाँको कम्जोरी वा यान्त्रिकता हो । माक्र्स–एङ्गेल्स लिखित ‘कम्युनिष्ट घोषणापत्र’ मात्र अध्ययन गर्ने हो भने त्यसमा लेखिएको छ– ‘सारतत्वमा नभए पनि रुप पक्षमा चाँही सुरुमा सर्वहारावर्ग राष्ट्रवादी पनि हुन्छ । परन्तु, सर्वहारावर्ग रणनीतिक दृष्टिले अन्तर्राष्ट्रवादी हुन्छ, रणनीतिको सेवा पु¥याउन कार्यनीतिक दृष्टिले सुरुमा राष्ट्रवादी पनि हुन्छ’ भन्ने कुरा यसरी घोषणापत्रले नै प्रस्ट गरेको छ । यो तथ्य देख्न नसकेर कसैको अन्धनक्कल गर्नु डा. मिश्रहरुको अयोग्यताको ठोस पर्याय हो । 
अर्को, माओले प्रस्ट भन्नुभएको छ कि, ‘यूरोपको इतिहास पढ्ने हो । मूख्यतः चीनको इतिहास पढ्नुपर्छ । किनभने हामी चीनमा क्रान्ति गरिरहेका छौं ।’ इतिहास र विद्यमान समाजको अध्ययनसम्बन्धी माओको उक्त भनाईले के शिक्षा दिन्छ ? प्रस्टै छ कि ‘नेपालमा क्रान्ति गर्न मूख्यतः नेपाली इतिहास पढ्नुपर्छ ।’ यति सरल कुरा पनि बुझ्न नसक्नेलाई कम्युष्टि आन्दोलनको प्रश्नमा ‘विद्वान’ किमार्थ मान्न सकिदैँन । डा. मिश्रहरु त्यही ‘विद्वान मान्न नसकिने’ कोही पर्दछन् ।

२) ‘समाजवाद र पुँजीवादको मरणासन्न अवस्था हो’ भन्ने लेनिनको संश्लेषण्माथि पनि मिश्रले चुनौति दिनुभएको छ । मिश्र भन्न खोज्नुहुन्छ– ‘पुँजीवाद खै मरेको ?’ प्रश्न यो हो कि लेनिनले एउटा समग्र युगको संश्लेषण गर्नुभएको हो । सतप्रतिशत वैज्ञानिक छ । तर, डा. चैतन्य मिश्रहरु समग्रलाई छोडेर अंशमा हेर्ने गर्नुहुन्छ । अंशलाई हेर्ने हो भने मिश्रहरु पृथ्वी होइन, सूर्य घुम्ने आदर्शवादी निश्कर्षमा पुग्नुहुने निश्चित छ । 
समग्रमा विश्लेषण गर्दा एकाधिकार पुँजीवाद र्न साम्राज्यवाद हो, साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग विद्यमान छ । साम्राज्यवादको अन्त्य नभएसम्म राष्ट्रिय क्रान्ति र समाजवाद सम्भव छैन ।

३) एतिहासिक तथ्य हो कि सामन्तवादका विरुद्ध माक्र्सले पुँजीवादलाई प्रगतिशील ठान्नुभयो । त्यो भौतिकवादी धारमा थियो र रहने पनि छ । तर, वज्ञानिक समाजवादको क्रान्तिकारी बिचार कार्ल माक्र्सले कहिँ कतै समाज विकास प्रक्रियालाई पुँजीवादमा सीमित गर्नुभएको पाइँदैन । यसैको दार्शनिक सारतत्व ‘पुँजी’ हो भनेपछि माक्र्स कसरी पुँजीवादी भए ? के पुँजी र पुँजीवाद एउटै होइनन् भन्ने कुरा डा. मिश्रलाई सिकाईरहनुपर्छ ? माक्र्स पुँजीवादी नै हुनुहुन्थ्यो भने उहाँले वर्गविहीन, राज्यविहीन साम्यवादको लक्ष्य निर्धारण किन गर्नुपथ्र्यो ? 
अतः निश्कर्षमा भन्नैपर्छ, डा. चैतन्य मिश्रहरु कम्यनिष्ट आन्दोलन, मूख्यतः नेपाली कम्युनिष्ट आन्दोलनका विषालु झारपातहरु हुन् । उत्तरआधुनिकतावादका प्रवक्ताहरु हुन् ।

(व्यवस्थित आलेखबाट विस्तृतमा खण्डन गरिनेछ ।)

प्रतिकृया दिनुहोस