साहित्य

प्रिय शनिवार

 डा सुवास प्याकुरेल
तिमी यति धेरै प्यारी छौ कि बिहीबारदेखि नै अर्थात तिमि आउने दुइ दिन अघिदेखि नै मनमा एक विशेष उत्सुकता पैदा हुन्छ । तिमी आउनका लागि जम्मा दुइ दिन बाँकी छ भनेर र शुक्रबारदेखि त मनको काउन्टरमा घण्टा घण्टाको काउन्टडाउन शुरु हुन थाल्छ र मलाई मात्र हैन, शनिवार नाजिकिदै छ भनेर शरीरका मसल मसलले, पार्ट पार्टले महशुस गर्न थाल्दछन र शनिवारको दिन त निन्द्रा पनि विशेष दंग पर्ने गर्छ ।

आजको दिन निन्द्राधनीले उसलाई चाडै साथ छोडदैन भनेर र हुनपनि शनिवारको बिहानको त फिलिङ्स नै बेग्लै, क्या मज्जाको र जतिबेरसम्म निदाएपनि भयो, निन्द्रा खुलेपनि खाटमै ढलिमली गर्दै राज गरिरहे पनि भयो र चिया आफ्नै अगाडी आए, खाए पनि भयो, चिसो हुन्जेल यत्तिकै छाडे पनि भयो । आफ्नै शनिवार, आफ्नै मर्जी र प्यारी शनिबार, तिमी धेरैकी यत्तिकै प्यारी भएकी हैनौ र तिमी धेरै भन्दा धेरै विशिष्ट गुणहरुले सुसज्जित
छौं र बिहान उठ्न अल्छी लाग्नु, शरीरका अंगअंग गले वा दुखे जस्तो लाग्नु, ढल्कीराख्न मात्र मन लाग्नु, ढल्किदा पनि अनुशासित ढंगले नभएर घरी एउटा पोजिशन, घरी अर्को पोजिशनमा ढल्किन मन लाग्नु, दाह्री पनि नकाटुनकाटु जस्तो लाग्नु, जिब्रोले केही बढी खानाको आइटमको चाह गर्नु, खाना खानासाथ डेढदेखि दुइ घण्टा मस्त सुतौंसुतौं लाग्नु शनिवारका अद्वितीय विशेषता हुन र प्रिय शनिवार, तिमी सदैव यसै गरी सबैको प्रिय रहिरहनु, तिमीलाई धेरै माया तथा शुभकामना ।

प्रतिकृया दिनुहोस