विविध

फ्यूचर स्टार्समा सफलताका नियमबारे हाजिरी जवाफ प्रतियोगिता

 

 ललितपुर । जिवनमा सफलता प्राप्तिका नियमका बारेमा ललितपुरको जावलाखेलस्थित फ्यूचर स्टार्स हाइस्कुलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । फ्यूचर स्टार्स हाइस्कूलका विद्यार्थीका विभिन्न चार समूहविचमा सफलताका नियममा आधारित रहेर हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो । योगी परमहंस ध्यान समाज नेपाल र फ्यूचर स्टार्स हाइस्कूलले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गरेका हुन् । योगी परमहंशको स्मृतिमा स्थापित संस्था योगादा सतसंग समाज भारतको स्थापनाको १०० वर्ष पुरा भएको अवसरमा नेपालमा पनि योगी परमहंस ध्यान समाज नेपालले सतसंगका विविध कार्यक्रम आयोजना गर्दै आएको छ । यसैक्रममा विभिन्न विद्यालयका विद्यार्थीविचमा पनि सतसंगको शिक्षा एवं जागरण प्रदान गर्ने उद्देश्यले सो हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको योगी परमहंस ध्यान समाज नेपालका अध्यक्ष डा कमल बास्कोटाले बताए । प्रतियोगितामा ग्रिन हाउस प्रथम र एल्लो हाउस दोस्रो भएका  थिए ।  

 

प्रतिकृया दिनुहोस