कला/मनोरञ्जन

दिनेश गौतमको नयाँ गीत आयो

ललितपुर । गायक दिनेश गौतम नयाँ गीतका साथ श्रोतामाझमा आएका छन् । कस्ले बेच्यो कुरान, कस्ले बेच्यो वेद पुराण... बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा पुस्तक प्रसादको शब्द र रिदम कँडेलको संगीत र एरेन्ज छ ।

उनको यो गीतलाई केहि व्यक्तिले विवादास्पद पनि भनेका छन् । कुरान र पुराण जस्ता धार्मिक शब्दसहित उनले यो गीतमा मार्मिक कुराको उठान गरेका छन् ।
अहिलेको जमानामा मानिसहरु पैसाका लागि वेद, पुराण र कुरानको मर्म तथा अस्तित्व समेत बेच्न थालेको गायक गौतमले बताए ।

अहिले पाप र पुण्यको भर नभएको गौतमको भनाई छ । उस्तै परे भुतले चिहान सम्म बेच्ने कुरा पनि उनले गीतमा उठाएका छन् । अहिले गीतको लिरिकल भिडियो युट्युबमा राखिएको छ । केहि समयपछि यसको म्युजिक भिडियो पनि तयार पार्ने गौतमले जानकारी दिए ।

गौतमको पहिलो एकल एल्बम निष्ठुरी हो । उनले पैसा, शितल, प्रजुशा, प्रभाव, माफ गर, इश्वर, चुपचाप चुपचाप लगायतका एल्बम बजारमा आइसकेका छन् । उनको एकल संगीतमा अर्को एल्बम कयामुदा बजारमा आउने तयारीमा छ । हाल गौतम बेल्जियममा छन् ।


 

प्रतिकृया दिनुहोस