देश

प्रदेशसभा र प्रतिनिधिसभाको चुनावलाई लक्षित गरी नामावली संकलन सुरु गरे लगत्तै आयोगलाई यस्तो दबाब

काठमाडौं । साउन १ देखि १५ गतेसम्म स्थायी ठेगानाबाटै फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने आयोगका निर्णयमा कम्तिमा १५ दिन बढाउन दबाब आएको छ ।

राजनीतिक दलहरुले आयोगका पदाधिकारीलाई भेटेरै नामावली संकलनको अवधि कम्तिमा साउन भरि बनाउन, ७ सय ४४ वटै स्थानीय तहबाट नाम दर्ता गर्न मिल्ने ब्यवस्था गर्न र सबैजनालाई स्थायी ठेगाना भएको ठाउँमा जान असम्भव भएकाले आफू रहेकै ठाउँबाट नाम दर्ता गर्ने ब्यवस्था मिलाउन आग्रह गरेपछि आयोगलाई दबाब बढेको हो ।

आयोगले हालै सार्वजनिक सूचना नै प्रकाशति गरेर १८ वर्ष उमेर पुगेका तर मतदाता नामावलीमा नाम नलेखाएका ब्यक्तिलाई नागरिकताको प्रमाणपत्रसहित सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जान आग्रह गरे लगत्तै राजनीतिक दलले यस्तो दबाब दिएका हुन् । आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावलाई लक्षित गरि फोटोसहितको मतदाता नामावली संकलन सुरु गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस