कला/मनोरञ्जन

प्रेमीसँग बिहे गर्दै सोनम कपुर

मुम्बई– भारतको नयाँदिल्लीका उद्योगपति आनन्द अहुजासँग लामो समयदेखि प्रेममा रहेकी बलिउड नायिका सोनम कपुर अब चाँडै नै वैवाहिक जीवनमा बाँधिने भएकी छिन्। अहिलेको माहोल नबिग्रिएमा सोनमका पिता अनिल चाँडै नै विवाहको तयारीमा हुनेछिन्।

त्यसो त सोनम र आनन्दले आफ्नो प्रेम सम्बन्धबारे अहिलेसम्म मुख खोलेका छैनन्। तर दुवैले एकअर्कासँगको सम्बन्ध नकारेका पनि छैनन्। लन्डन र भारतका विभिन्न ठाउँमा सँगै देखिएका उनीहरूको कसैबाट लुकेको छैन।

‘छोरी र आनन्दको प्रेमबारे थाहा पाइसकेका अनिल उनीहरूको विवाहमा ढिलाई गर्न चाहँदैनन्। सोनमका साथीहरूले सोनम र अनिललाई चाँडै विवाह किन गर्न लागेको भनेर विरोध पनि गरिरहेका छन्,’ सोनमको पारिवारिक स्रोतले भनेको छ। सोनमको यतिबेला विवाह गर्दा उसको करियर बिग्रने भन्दै शुभचिन्तकले सोनमलाई पनि सम्झाउने गरे पनि यी कुरामा सोनामले चासो दिएकी छैनन्।

प्रतिकृया दिनुहोस