स्वास्थ्य

निरंकुशताका ‘बादशाह’ विष्ट र डा.गिरी ‘थला’

काठमाडौं, २९ असार । निरंकुशताको ‘बादशाह’का नामले चिनिएका दुई हस्ती बिरामी भएर थला परेका छन् । ती हुन् कीर्तिनिधि विष्ट र डा.तुलसी गिरी ।

राजसंस्थाको पतनसँगै गुमनाम बसोबास गर्दै आएका विष्ट र डा.गिरी गम्भीर बिरामी परेका हुन् ।

कुनै बेला राजसंस्थाको वकालत गर्दै आएका कमल थापाले विष्ट र डा.गिरीको स्वास्थ्यको कामना गर्दै ट्वीट गरेपछि उनीहरू बिरामी परेको खुलासा भएको हो । विष्ट र डा.गिरीको गलत सल्लाह र सुझावका कारण राजसंस्था ‘अकाल’मा गुम्नु परेको आरोप लाग्दै आएको छ ।

राजा वीरेन्द्र शाहको बंशनाश भएसँगै राजसंस्था अपुताली पाएका ज्ञानेन्द्र शाहले कीर्तिनिधि विष्ट र डा.तुलसी गिरीलाई विश्वासमा लिएर आफ्नो नेतृत्वको मन्त्रिमण्डलमा उपाध्यक्ष बनाएका थिए ।

ज्ञानेन्द्र शाहको मन्त्रिमण्डलमा उपाध्यक्ष रहेका विष्ट र डा.गिरीले नै गलत सुझाव र सल्लाह दिएका कारण जनताले नचाहँदा–नचाहँदै बाध्य भएर राजसंस्थाको उन्मुलन गर्नुपरेको थियो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

उन्मुलन भएको त्यही राजसंस्थाको नाम भजाएर कमल थापाले पहिलो संविधानसभामा सानो आकारमा उपस्थिति पाए । दोस्रो संविधान सभामा कमल थापाको आकार ह्वात्तै बढेको थियो । त्यसको देन पूर्व राजा ज्ञानेन्द्र शाहलाई जाने गरेको छ ।

विष्ट र डा.गिरीले नेपालमा निरंकुशतालाई बढावा दिएको आरोप छ । विष्टलाई भेट्न केपी ओली केही महिना अगाडि विष्टको निवास पुगेका थिए । त्यस बेला विष्टले ओलीको खुलेर प्रसंसा गरेका थिए ।

चीनसँग निकटता रहेका विष्टले बामपन्थीलाई मन पराउने गरेको आरोप छ । दक्षिणपन्थी धारका डा.गिरी व्यक्तिगत स्वार्थका लागि जे पनि गर्न तयार रहने व्यक्तिका रुपमा चिनिन्छन् ।

डा.गिरीले नै नेपालमा क्रिश्चियनको मूभमेन्टलाई बढाएको आरोप छ । डा.गिरीकी कान्छी पत्नीमार्फत नेपालमा क्रिश्चियनले लगानी गरेको आरोप छ ।

प्रतिकृया दिनुहोस