खेलकुद

मैत्रीपूर्ण फुटबलः नेपालद्धारा बंगलादेश पराजित, कप्तान बिमलले गरेको गोल नै निर्णायक

काठमाडौं । नेपालको २३ वर्षमुनिको राष्ट्रिय फुटबल टोलीले बंगलादेशलाई  १–० ले हराउन सफल भएको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेसको घरेलु मैदानमा नेपालका कप्तान विमल घर्तीमगरले २०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाललाई यस प्रतियोगिताले थप हौसला मिल्ने बताइएको छ ।

युएईमा यही शनिबारदेखि हुने एएफसी च्याम्पियनसिप फुटबल छनोट चरणको तयारीका लागि नेपाल र बंगलादेशले मैत्रीपूर्ण अभ्यास खेल खेलेका हुन् ।  २३ वर्षमुनिको एसिया कप छनौटमा आउँदो हप्ता नेपालले युएईमा घरेलु टोलीसहित, उज्वेकिस्तान र लेबनानसँग खेल्ने छ ।

प्रतिकृया दिनुहोस