सम्पादकीय

मतदानमा देखिएको उत्साह

बुधवार देशका तिन प्रदेशमा स्थानीय तहको निर्वाचन भइराखेको छ । अपवाद बाहेक सवैजसो ठाउंमा निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ । वर्षाको याम छ , कहि पानी परिरहेको छ , रुझ्दै होस या वर्षावाट जोगिदै मतदाता आफ्नो विवेकको प्रयोगका लागि लामवद्व भए । यो जनताको लामवद्वता कुनै प्राविधिक पक्ष मात्र होइन, यो त वर्षौदेखि स्थानीय तहमा देखिएको तदर्थवादलाई भंग गर्न अनि राज्यसंग अपनत्व महशुश गर्नका लागि जनतामा देखिएको प्यास हो । त्यसैले जनताले यसलाई महान चाडको रुपमा ग्रहण गरिरहेको छ । देश विगत केहि वर्षयता विभिन्न शत्तिकेन्द्रको अवाच्छित चक्रव्यहमा परेको छ ।

तन्त्र र राष्ट्रियाताको लडाई पेचिलो बनेर गएको छ । घरेलु शक्तिकेन्द्र भन्दा वाह्य शक्तिकेन्द्र हावी भएका छन । यसैविचमा जनताले उठान गर्दै नगरेको मुद्वालाई चोरवाटोवाट गरिमामय संविधानसभा होस या संसदमा उठाइएको छ , उठाउने क्रम जारी छ । पारित गराउने र पारित हुन नदिने रस्साकस्सी जारी छ । पारित गराउनेहरु तन्त्र नामको हवाला दिदै, अधिकारको आन्दोलनको हवाला दिदै अगाडि आइरहेका छन भने त्यसको विपक्षमा रहेकाहरु त्यसलाई राष्ट्रघातको संज्ञा दिदै प्रतिरोध गरिरहेका छन् । मुलुकको राष्ट्रिय राजनीति यस्तो संगीन एवं तरल अवस्थामा रहेको बेला भइरहेको स्थानीय तह निर्वाचनको विशिष्ट महत्व छ । यसले स्थानीय तहमा जागरण ल्याउने छ । यसले स्थानीय तहमा त्यसतालाई मात्र निर्वाचित गराउनेछ जसले राष्ट्रियताको पक्षमा आफुलाई उभ्याएको छ ।

जनता मात्र अन्तिम न्यायधिश हुन । जनताको फैसला मात्र वैधानिक हुनेछ । चोरवाटोवाट जनतालाई तथाकथित तन्त्रका नाममा घुसाइएका नक्कली मुद्वा किमार्थ स्विकार्य हुन सक्दैन । मतदानमा जे जति उत्साह पहिलो चरणको निर्वाचनमा देखिएको थियो , दोस्रो चरणको निर्वाचनमा त्यो भन्दा कम देखिएको छैन् । जनमतको अग्निपरीक्षाको यो महान अभ्यासमा संलग्न हुने सवै दल, नेता कार्यकर्ता र जनताको उत्साह प्रशंसनिय छ । बांकी दुई न प्रदेशको चनाव देखि बाकी दुई तहका निर्वाचन पनि माघ ७ भित्रै सम्पन्न गरेर संविधान कार्यान्वयनको दिशामा मुलुकलाई अगाडि बढाउनु सवैका लागि श्रेयस्कर हुनेछ ।

प्रतिकृया दिनुहोस