प्रवास

मलेसियामा अलपत्र २८ नेपाली स्वदेश फिर्ता

काठमाडौँ । मलेसियास्थित नेपाली राजदूतावासले पिनाङस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका २८ नेपाली युवालाई स्वदेश फर्काएको छ ।

दूतावासले आफ्नै पहलमा हवाई टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका नेपालीलाई नेपाल पठाएको हो । नेपाली दूतावासको टोलीले एक साताअघि ती नेपालीसँग पिनाङमा भेट गरेको थियो ।

दूतावासले क्वालालम्पुरमा अलपत्र परेका नेपालीलाई घर फिर्ता पठाउने अभियान निरन्तर रहने जनाएको छ । दूतावासका अनुसार शङ्खलाल गोले ९पर्सा०, मनिराम बेङ्गासी ९धनुषा०, सञ्जयकुमार नेपाली ९सर्लाही०, सनम लिम्बू ९धनकुटा०, दीपेश लिम्बू र राजकुमार राई ९सुनसरी०, सन्तोष अधिकारी ९कपिलवस्तु०, मुकेशराज यादव ९रौतहट०, मनोजकुमार नेपाली ९सिन्धुली०, मनबहादुर तामाङ ९काभ्रेपलान्चोक०, खड्का लिम्बू ९ताप्लेजुङ०, निकेश कार्की ९काठमाडौँ०, विवश राई ९खोटाङ०, मीनप्रसाद डोटेल ९काभ्रेपलान्चोक० र सुदीप तामाङ ९चितवन० लाई नेपाल फकाईएको छ ।

यस्तै सञ्जय मल्ल र दीपेन्द्रकुमार भण्डारी ९रुकुम०, राजअलि शाही ९बाँके० जितनारायण यादव ९सिरहा०, इन्द्रबहादुर सार्की ९गुल्मी०, सन्चबहादुर लिम्बू ९ताप्लेजुङ०, गर्जेन्द्र घर्ती मगर ९रोल्पा०, टेकबहादुर राप्चा ९ओखलढुङ्गा०, गुलाब चौधरी ९सुनसरी०, भरतबहादुर बुढा मगर ९दाङ०, विदुर कार्की ९झापा० र सञ्जीव बैजु ९मकवानपुर०लाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ ।

प्रतिकृया दिनुहोस