देश

प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहिन, पराजुलीको नामै लिन चाहेनन् ओलीले

 

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षबीच सहमति हुन नसक्दा संवैधानिक परिषद्को प्रधानन्यायाधीश सिफारिस गर्न बसेको बैठक निष्कर्षविहिन बन्यो । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको संवैधानिक परिषद्को बैठकमा जेठ २४ गते उमेरहदका कारण सुशीला कार्कीले अनिवार्य अवकाशका बेला सिफारिश गरेका नाममा छलफल भए पनि एमालेले पराजुलीको नाममा आपत्ति जनाएपछि बैठक निष्र्कषमा पुग्न सकेन ।

दुवै पक्ष आ–आफ्नो अडानमा रहेपछि सोमबारको परिषद् बैठक निष्कर्षविहीन हुन पुगेको हो । बैठकमा प्रधानमन्त्री देउवा, विपक्षी दलका नेता केपी ओली, उपसभामुख गंगा यादव, सभामुख ओनसरी घर्ती मगर, उपप्रधान एवं कानुनमन्त्री गोपालमान श्रेष्ठ लगायतका नेता उपस्थित थिए ।

प्रधानन्यायाधीश कार्की एक्लैले न्यायपरिषद्को बैठक नै नबसी गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस