अन्तराष्ट्रिय

लण्डनमा अर्को डरलाग्दो घातक हमला हुँदा एकको मृत्यु, आठ घाइते

एजेन्सी - लण्डनमा अर्को घातक हमला भएको छ । बिबिसीका अनुसार गएराति मध्यरातमा लन्डनको फिन्सबरी पार्क क्षेत्रको सेवन सिस्टर रोडमा आक्रमण भएको हो ।आक्रमणमा परी एजनाको मृत्यु भएको र आठ जना घाइते भएको बताइएको छ ।

रमजानको प्रार्थनाका लागि मस्जिदतर्फ गइरहेका पैदलयात्रीलाई लक्षित गरी एक भ्यानले ठक्कर दिएको थियो ।लण्डन ब्रिजको आक्रमणमा आतंकवादीको संलग्नता भए पनि सेवेन सिस्टर रोड आक्रमणमा कसको संलग्नता छ भनेर नखुलेको र बताइएको । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ । अहिले भने सेवेन सिस्टर रोडलाई बन्द गरिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस