देश

बिस्कुट बोकेको ट्रक डुम्रेको बन्दिपुर पल्टियो , पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ- पृथ्वी राजमार्ग अन्तरगत डुम्रेको बन्दिपुर गाउँपालिका(४ नयाँपुलमा ट्रक पल्टिएको छ ।

बिराटनगर बाट पोखरा तर्फ जादै गरेको ना ५ ख ७०१० नम्बरको बिस्कुट बोकेको ट्रक बिहान ८स्२० बजे नयाँपुलमा दुर्घटना भएको हो । सडक पुरै ढाकिने गरि ट्रक अनियन्त्रित भइ पल्टदा साईकल र मोटरसाइकल बाहेक कुनै पनि सवारी साधन चलेका छैनन् ।

दुर्घटनामा चालक सामान्य घाईते भएको बताइएको छ । दुर्घटनाका कारण अहिले पृथ्वी राजमार्ग अवरुद्ध भएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस