खेलकुद

च्याम्पियन्स ट्रफीको उपाधी पाकिस्तानको पोल्टामा, भारत स्तब्ध

४ असार, ललितपुर । पाकिस्तानले पहिलोपटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा पाकिस्तान भारतमाथि हावी भयो । उसले चिरप्रतिद्धन्द्धी भारतविरुद्ध १८० रनको शानदार जित हात पार्न सफल भयो ।

पाकिस्तानले भारततलाई ३३९ रनको लक्ष्य दिएको थियो । तर भारत पाकिस्तानसँग नमिठो हार भोग्न पुग्यो । आईसीसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो ।

टस जितेको भारतले फिल्डिङ गर्ने निर्णय लिएको थियो । ३३९ रनको विजयी लक्ष्य पाएको भारतको सुरुवात नै खराब रह्यो । भारतले खाता नखोल्दै तेस्रो बलमा रोहित शर्मा आउट भए । भारतको छ रन हुँदा विराट कोहली ५ रनमा आउट भए । शिखर धवन पनि २१ रनमै आउट भए ।  सुरुवाती तीनै विकेट हसन अलीले लिए ।

चौथो विकेटका रुपमा युवराज सिंह २२ रनमा आउट भए । महेन्द्रसिंह धोनी पनि मात्र ४ रनमा फर्किए । केदार जादव ९ रनमा आउट भए । त्यतिबेला भारतले ७२ रन मात्र जोडेको थियो । सातौं विकेटका लागि हार्दिक पाण्डेय र रविन्द्र जडेजाले ८० रनको साझेदारी गरे । पाण्डेय रन आउट भएपछि भारत हारको मुखमा पुग्यो । थप चार रन जोड्दा भारत अलआउट भयो ।

यो जित आईसिसिले आयोजना गरेको कुनै पनि खेलमा फाइनलमा फराकिलो जितको पहिलो खेल हो ।

प्रतिकृया दिनुहोस