कला/मनोरञ्जन

प्रधानसेनापति संगै चर्चित कलाकारहरुले हेरे "रातो घर", यस्तो छ प्रतिक्रिया (भिडियो)

नेपालि कथानक चलचित्र "रातो घर" यतिबेला राम्रो ब्यापार सहित यहि सुक्रबार देखि प्रदर्शनको तेश्रो हप्तामा सिनेमा घर हरुमा प्रदर्शन भईरहेको छ ।  प्रदर्शनकै क्रममा विभिन्न नेताहरुले पनि हाल सम्म पुगेर "रातो घर" हेरेसकेका छन् भने पछिल्लो समय प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीले पनि फिल्म ‘रातो घर’ हेरेका छन् । 

बिदेशका धेरै ठाउहरुमा प्रदर्शन गरेर आफ्नो लगानी सुरक्षित गरेको फिल्म हेर्न सेनापति क्षेत्री बिहिबार परिवार सहित फिल्म हेर्न दरबारमार्गस्थित क्युज हलमा पुगेका थिए । पुरा समय फिल्म हेरेका सेनापतिले फिल्मको कथा र कलाकारको प्रस्तुती मन परेको प्रतिक्रिया दिए ।

सुरज सुब्बा नाल्बो निर्देशित फिल्मको उक्त शो हेर्नको लागि फिल्मका तर्फबाट नाल्बो सहित विल्सम बिक्रम संगै निकै चर्चित कलाकारहरु पनि हाल सम्म पुगेका थिए । 

प्रतिकृया दिनुहोस