विविध

रोट्रयाक्टको आयोजनामा वातावरण वचाउं सम्बन्धि दुई प्रतियोगिता

 

ललितपुर । रोट्रयाक्ट क्लव अफ जावलाखेल र रोट्रयाक्ट क्लव अफ माउण्ट एभरेष्टले संयुक्त रुपमा रोट्रयाक्ट आर्ट एण्ड एस्से प्रतियोगिता २०७४ को आयोजना गरेका छन् । जावलाखेलस्थित फ्यूचर स्टार स्कूलमा शनिवारका दिन उनीहरुले सो प्रतियोगिता आयोजना गरेका हुन् । वातावरणसंग सम्बन्धित विषयमा उनीहरुले चित्रकला एवं निवन्ध प्रतियोगिताको आयोजना गरेका हुन् । निबन्ध प्रतियोगिताको विषय वातावरण जोगाउन तपाईको भूमिका थियो भने आर्टको विषय save the mother earth,थियो । दुवै प्रतियोगितामा १८ जनाका दरले जम्मा ३६ जना विद्यार्थी सहभागी भएका थिए । विभिन्न नौ विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागि भएका थिए

वातावरण जोगाउन तपाईको भूमिका विषयक निवन्ध प्रतियोगितमा अरनिको बोर्डिङ स्कूलका शुभम अग्रवाल प्रथम,  सगरमाथा उच्च माध्यमिक विद्यालयकी हसोना शाक्य दोस्रो,ज्ञानोदय रेसिडेन्सल स्कूलकी स्मृति यादव तेस्रो भएका थिए । शान्तवना पुरस्कार अरनिको बोर्डिङकी प्रकृति मर्हजन, त्रिपद्म विद्याआश्रम माध्यमिक विद्यालयकी सामाडोमा शेर्पा, ज्ञानोदय रेसिडेन्सल स्कूलकी पुजा रोकायले प्राप्त गरेका थिएं । प्रथम, दोस्रो र तेस्रो हुनेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने शान्तवना स्थानमा आउनेलाई प्रमाणपत्र मात्र प्रदान गरिएको थियो । यसैगरि चित्रकला प्रतियोगितामा प्रथम हुनेमा त्रिपद्म विद्याश्रमकी सल्मा शाक्य, ज्ञानोदय रेसिडेन्सल स्कूलवाट आनिन लिम्बु दोस्रो,अरनिको बोर्डिङ स्कूलवाट वर्षा पूर्जा तेस्रो र शान्तवना अरनिको बोर्डिङ स्कूलकी दिलाशा गौचन, ज्ञानोदय रेसिडेन्सल स्कूलका चेतेन शेर्पा र प्रगति शिक्षा सदन माविका रोहन रौनियार रहेका थिए । प्रतियोगितामा पहिलो, दोस्रो, तस्रो एवं शान्तवना स्थानमा आउने लगायत सहभागी हुने सवैलाई रोट्रयाक्ट क्लव अफ जावलाखेलकी प्रेसिडेन्ट रिचुको शाक्यले बधाई ज्ञापन गरिन ।

http://classickhabar.com/uploads/news/a.jpg

प्रतियोगितमा हारजित स्वभाविक भएको भन्दै उनले सहभागिता जनाउनु नै सवैको जित भएको जनाईन । युवा परिवर्तनका संवाहक भएको बताउदै उनले देशका रक्षक युवा अव वातावरण बचाउन कार्यमा पनि लाग्नुपर्ने बताईन । साथै उनले प्रतियोगितामा सहयोग गर्ने सवैप्रति हार्दिक आभार समेत प्रकट गरेकी थिइन । कार्यक्रममा प्रमुख अतिथिको रुपमा vice-president of Tourism and endeavors, program coordinator सागरिका भट्ट रहेकी थिइन । त्यसैगरि चित्रकला प्रतियोगिताको निर्णायकमा उर्मिला अधिकारी र शादज मोक्तान रहेका थिए भने निबन्ध प्रतियोगिताको निर्णाायकमा कृष्ण सिग्देल र भक्तिविलास घिमिरे रहेका थिए । प्रतियोगितमा सहभागिता जनाउने विद्यालयहरुमा ज्ञानोदय बाल बाटिका स्कूल, ज्ञानोदय रेसिडेन्सल स्कूल, बाल बिनोद सेकेन्डरी स्कूल, श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय, प्रगति शिक्षा सदन, अरनिको स्कूल, डाँफे स्कूल, त्रिपद्मा सेकेन्डरी स्कूल र सगरमाथा उच्च माध्यमिक विद्यालय रहेका थिए ।

प्रतिकृया दिनुहोस