विविध

जनप्रतिनिधीलाई नेपाल नेशनल हस्पिटलको सम्मान

 

 

 

 

 

 

 

 

काठमाडौं । काठमाडौंको कलंकीमा रहेको नेपाल नेशनल हस्पिटलले काठमाडौं महानगरपालिका वडा न १४ वाट निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ । वडा न १४ वाट निर्वाचित वडाध्यक्ष शोभा सापकोटा लगायतका अन्य वडा सदस्यलाई हस्पिटलले शनिवार एक समारोहका विच सम्मान गरेको हो । जनप्रतिनिधी र हस्पिटलविच सहकार्य एवं हातेमालो गर्न हस्पिटल सदैव तयार रहने सम्मान समारोहमा मेडिकल डाइरेक्टर डा प्रकाश पौडेलले बताए । वडा न १४ को समग्र विकासमा आफु सरोकारवाला सवैसंग सहकार्य गर्नका लागि तत्पर रहेको वडा अध्यक्ष शोभा सापकोटाले बताईन ।

प्रतिकृया दिनुहोस