अन्तर्वार्ता

नेपाल नेशनल हस्पिटललाई गुणस्तरीय एवं सबैको पहुंचयुक्त स्वास्थ्य संस्थाको रुपमा विकास गर्ने लक्ष्य लिएका छौं

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 डा, प्रकाश पौडेल, मेडिकल डाइरेक्टर, नेपाल नेशनल हस्पिटल, कंलकी
राजधानीका हस्पिटलको भिडमा फेरी नयां हस्पिटल किन ?
स्वस्थ रहन पाउने प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । घनावस्ती रहेका राजधानी महानगरमा जे जति सुविधायसक्त हस्पिटलहरु छन्, ती सवै राजधानीवासीका लागि मात्र नभएर नेपालमा बसोवास गर्ने सबैको लागि स्वस्थ्य उपचारका केन्द्रहरु हुन् र ती हस्पिटलहरुले मात्र स्वास्थ्य उपचारमा आएका सबैलाई स्वस्थ्य सेवा दिन सम्भव हुदैन । साथै राजधानीबाट पूर्व, पश्चिम, उत्तर र दक्षिण आवत जावत गर्ने प्रमूख नाका कलंकी चोकमा आधुनिक सुविधा सम्पन्न स्वास्थ्य उपचार केन्द्रको अभावसमेतलाई ध्यान दिई कलंकी चोकमा यो नयाँ हस्पिटल आवश्यक देखिएको हो ।
नेपाल नेशनल हस्पिटलको स्थापनाले नेपालको स्वास्थ्य क्षेत्रमा केहि तात्विक फरक पार्छ भन्ने लाग्छ तपाईलाई ?
कुनै तात्विक अन्तर भन्दापनि सर्व साधारणलाई स्वास्थ्य उपचारमा सहज र गुणस्तरिय सेवा पुर्याउने हाम्रो प्रयासका रुपमा यसको स्थापनालाई बुझौं ।
हस्पिटल त अहिले ग्रामीण भेगमा पो चाहिएको छ , तपाईहरु राजधानीमा मात्र किन केन्द्रित हुनुहुन्छ ?
ग्रामिण भेगमा सरकारी तवरबाट अस्पतालहरुको स्थापना र सञ्चालन भै आएको छ । त्यस्ता क्षेत्रमा निजी क्षेत्रबाट व्यवस्थापन गरिएका स्वास्थ्य सस्थाहरु स्थापना र सञ्चालन गर्ने प्रक्रिया र विधि छन् । त्यसतर्फसमेत हाम्रो प्रयास आगामी दिनमा जारी रहनेछ ।

 

 

नेपाल नेशनल हस्पिटलले प्रदान गर्ने सेवा सुविधा के के हुन ?
यस हस्पिटलले दिने सेवाहरु देहाय अनुसार छन्् ः
जनरल फिजिसियन , शल्य चिकित्सा, हाडजोर्नी तथा नशा, छाती रोग, बाल रोग सेवा, स्त्री रोग तथा प्रसूती, नाक, कान र घाँटी, मृगौला रोग बाल शल्य चिकित्सा , डेन्टल , मधुमेह आदि । अन्य सुविधाहरुमा २४ सै घण्टा नर्सिङ सेवा, अत्याधुनिक प्रयोगशाला, आइसियू अपरेशन कक्ष, डिजिटल एक्सरे, डाइलेसिस सेवा, फिजियोथेराफी तथा रिहाविलिटेशन सेवा आदि रहेका छन्् ।
अन्य हस्पिटलमा भन्दा विरामीले नेशनल हस्पिटललाई राम्रो मान्नुपर्ने कारण के छ ?
हामीले प्रदान गर्ने सर्वसूलभ र गुणस्तरिय सेवा प्रतिको जनविश्वास हो ।
नेपाल नेशनल हस्पिटल, जो भर्खर स्थापना भएको छ , यसले भर्खर निशुल्क हेल्थ शिविर पनि संचालन गरिराखेको छ , यो प्रचारका लागि होला नि ?
यो हस्पिटल नयाँ भएकोले सर्वसाधारणलाई यसको जानकारी दिनु हाम्रो पहिलो दायित्व हो र साथै निःशुल्क स्वास्थ्य शिविरबाट हाम्रो सेवाको जानकारी तथा सबै समक्ष स्वास्थ्य सेवा पुर्याउनु पनि हाम्रो दायित्वका साथै जिम्मेवारी पनि भएकोले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
अधिंकाश निजि हस्पिटलमाथि विरामीमाथि आर्थिक शोषणको संगीन आरोप लाग्ने गरेको छ ?
समग्र स्वास्थ्य क्षेत्र निजी, सरकारी सबै जनता प्रति उत्तरदायी हुनुपर्छ । त्यस्ता कुनै बिकृति र विसंगतिहरु छन्् भने हामी सबै मिलेर त्यसलाई निराकरण गर्न जरुरी छ । यस मामिलामा हामी सधै सजक छौं ।
तपाईहरुको नागरिकका लागि आर्थिक सहुलियतको एवं सुविधाको सवालमा के गर्दै हुनुहुन्छ ?
असहाय, बृद्ध, असक्षम, अशक्त आदिलाई सरकारले दिने १० प्रतिशत आर्थिक सुविधा यस हस्पिटलले पनि प्रदान गर्ने साथै विभिन्न बिरामीहरुको अवस्थालाई हेरी अन्य विभिन्न किसिमका सुविधा प्रदान गर्ने लक्ष्य पनि लिएको छ ।

हस्पिटलमा कालान्तरमा के सम्मका सुविधा प्रदान गर्ने योजना बनाउनुभएको छ ?
आगामी दिनमा यस अस्पताललाई गुणस्तरयुक्त र सबैको पहुंचयुक्त स्वास्थ्य संस्थाको रुपमा बिकास गर्ने लक्ष्य लिएका छौं ।
हस्पिटलहरु विशेषत सेवा प्रवाहका हिसवाले चिनिन्छन जस्तै, कान्ती बाल अस्पतालको आफ्नै विशेषता छ, बालबालिकाको लागि राम्रो मानिन्छ, ओम हस्पिटलको आफ्नै विशेषता छ, त्यसतै अन्य हस्पिटलका आ आफ्ना विशेषत छन, नेशनल हस्पिटलको खास विशेषता चाहि के नि ? मुटुरोगीको, महिलाको, प्रजनन स्वास्थ्यको, ब्रेन अनि यस्तै स्पेष्लाइज्ड के मा हुन्छ ?
आधुनिक सुविधा सम्पन्न ट्रमा सेन्टरको बिकास गर्ने, नवजात बालबालिकाहरुको सघन उपचारको लागि NICUको विकास गर्ने साथै सबै Super Speciality  सेवाहरु प्रदान गर्ने लगायतका रहेका छन् ।

 

प्रतिकृया दिनुहोस